विदेशी मुद्राको ठूलो खाँचोका बेला भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ?

विदेशी मुद्राको ठूलो खाँचोका बेला भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ?
सांकेतिक तस्बिर
सुन्नुहोस्

भारत : भारतले चिनीको निर्यातमा ३० सेप्टेम्बर २०२६ सम्म प्रतिबन्ध लगाएको छ । यो निर्णय यस वर्ष अनुमान गरिएको भन्दा कम उखु उत्पादन हुने सम्भावना र इरानमा भएको युद्धका कारण मल आयातमा गम्भीर अवरोध उत्पन्न भएपछि गरिएको हो ।

विशेषज्ञहरूका अनुसार, निर्यातमा प्रतिबन्ध लगाउने निर्णयले सरकार आफ्नो ठूलो जनसंख्याका लागि आन्तरिक आपूर्ति स्थिर राख्न र बढ्दो महँगीको डर कम गर्न केन्द्रित रहेको देखाउँछ । भारत विश्वको दोस्रो ठूलो चिनी उत्पादक र प्रमुख निर्यातकर्तामध्ये एक हो । यस्तो अवस्थामा, प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी मुद्रा भण्डार बढाउन जोड दिइरहेका बेला देशको सबैभन्दा मूल्यवान नगदेमध्ये एकको निर्यात रोक्नुले धेरै प्रश्न उठाएको छ ।

बजारले पनि यस निर्णयलाई नकारात्मक प्रतिक्रिया दियो । बिहीबार प्रमुख चिनी कम्पनीहरूको शेयर मूल्य ६ प्रतिशतसम्म घटेको रिपोर्ट गरिएको छ । विशेषज्ञहरूको भनाइमा, सरकारले यो निर्णय आन्तरिक आपूर्ति सुनिश्चित गर्न गरेको हो । किनभने भारत चिनीको सबैभन्दा ठूलो उपभोक्तामध्ये पनि एक हो ।

इण्डियन सुगर एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसनका महानिर्देशक दीपक बल्लानीले यसलाई ‘सावधानीपूर्ण कदम’ भनेका छन् । जसको उद्देश्य देशभित्र पर्याप्त आपूर्ति सुनिश्चित गर्नु हो । तर उनले केही पुराना निर्यात सम्झौताहरूलाई ध्यानमा राखेर अझ व्यवस्थित समीक्षा हुनुपर्ने पनि बताएका छन् । उनका भने, ‘हामीले निर्यात अवस्थाको सन्तुलित समीक्षा हुने अपेक्षा गरेका थियौं, विशेष गरी केही सम्झौताहरू पहिले नै भइसकेका थिए । ती ढुवानीहरूलाई अनुमति दिनुपर्थ्याे, किनभने सम्झौता तोड्नु उचित होइन ।’

अपेक्षाभन्दा कम उत्पादन
विशेषज्ञहरूका अनुसार, यो प्रतिबन्धको मुख्य कारणमध्ये एक यस सिजन (२०२५–२०२६) मा उखु उत्पादन अनुमानभन्दा कम हुनु हो । दीपक बल्लानीका अनुसार सुरुमा ३ करोड टन चिनी उत्पादन हुने अनुमान थियो, तर खराब मौसमका कारण अब करिब २.८ करोड टन मात्र उत्पादन हुने अपेक्षा गरिएको छ । पहिले भारत सरकारले १५ लाख टन निर्यात अनुमति दिएको थियो, जसमध्ये करिब ६.५ लाख टन पहिले नै निर्यात भइसकेको छ । 
होर्मुज स्ट्रेटको असर
उत्पादन घट्नु बाहेक अर्को कारण होर्मुज स्ट्रेट बन्द हुँदा उर्वरक आपूर्तिमा परेको दबाब पनि हो । भारत विश्वको दोस्रो ठूलो उर्वरक प्रयोगकर्ता हो र विश्व व्यापारको करिब एक–तिहाइ भाग होर्मुज स्ट्रेट हुँदै जाने भएकाले यसमा अवरोध आएको छ । यसले उखु खेतीमा प्रत्यक्ष असर पारेको छ, किनभने उखु बालीलाई धेरै मात्रामा मल चाहिन्छ । सरकारले भने पर्याप्त मल भण्डार रहेको दाबी गरेको छ, तर केही किसानहरूले पहिले नै कमी महसुस गर्न थालेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.