चारकोसे जंगलमा नवजात शिशु फेला

चारकोसे जंगलमा नवजात शिशु फेला
सुन्नुहोस्

सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया क्षेत्रको चारकोसे जङ्गलमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ।

शनिबार घाँस काट्न जंगल गएका स्थानीयले अन्दाजी २/३ दिनको बालक जङ्गलमा रोइरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपश्चात इलाका प्रहरी कार्यालय इटहरीबाट गएको टोलीले शिशुको उद्धार गरेको हो।

उद्धारपछि शिशु (छोरा)लाई उपचारका लागि तत्काल इटहरी अस्पताल लगिएको थियो। चिकित्सकले शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताएपछि थप संरक्षणका लागि इलाका प्रहरी कार्यालयको समन्वयमा नि:सहाय बालबालिका सेवा आश्रम, इटहरीमा सुरक्षित रूपमा राखिएको डीएसपी सुबास हमालले जानकारी दिए। उनले भने,‘घटनाको जानकारी पाउने बित्तिकै मेरो नेतृत्वमा गएको टोलीले शिशुको उद्धार गरेको हो। नवजात शिशुको अवस्था हेर्दा अस्पतालमै जन्मिएको हुनसक्ने प्रारम्भिक अनुमान छ। शिशुलाई कसले र किन जंगलमा छाडेको भन्ने विषयमा हामीले अनुसन्धान गरिरहेका छौं।’

घटनापछि स्थानीयवासीले नवजात शिशुको समयमै उद्धार भएको बताउँदै दोषी पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.