श्रम संस्कृति पार्टीले संसदमा प्रदर्शन गरेको पर्चामा के छ ?
काठमाडौं : श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा प्रदर्शन गरेको छ । प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा देखाएर संसद बैठकमा विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नै पर्छ,प्रश्नदेखि भाग्न पाइँदैन,जनमतलाई सम्मान गर,संसद छलेर अध्यादेश ल्याउन बन्द गर,संसदीय जिम्मेवारी बहन गर लेखिएका पर्चा देखाएका थिए ।
सदनभित्रै श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा देखाएपछि सभामुख डोलप्रसाद अर्यालले आपत्ति प्रकट गरे । उनले सदनमा पर्चा देखाउने अभ्यास नरहेको स्मरण समेत गराए।
प्रतिक्रिया दिनुहोस !