आईपीएल : लखनउलाई पराजित गर्दै राजस्थान शीर्ष चारमा

आईपीएल : लखनउलाई पराजित गर्दै राजस्थान शीर्ष चारमा
सुन्नुहोस्

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)२०२६ अन्तर्गत राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको छ। लखनउलाई पराजित गरेसँगै राजस्थान रोयल्स शीर्ष ४ मा उक्लिएको छ। जयपुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउ सुपर जायन्ट्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२० रन बनाएको थियो। 

लखनउले दिएको २२१ रनको विजयी लक्ष्य पछाएको राजस्थान रोयल्सले अन्तिम ओभरको पहिलो बलमा ३ विकेटको क्षति सहित २२५ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो। 

राजस्थानको जितमा युवा ब्याटर वैभव सूर्यवंशीले आक्रमक पारी खेले। उनले ३८ बलमा ७ चौका र १० छक्कासहित ९३ रनको पारी खेलेका हुन्। पहिलो विकेटका लागि कप्तान तथा ओपनर यशस्वी जैसवालसँग ७५ रनको साझेदारी बनाउँदा दोस्रो विकेटका लागि ध्रुव जुरेलसँग १०५ रनको शतकीय साझेदारी बनाएका हुन्।

जैसवालले ४३ रन बनाए । तेस्रो विकेटको रूपमा लुहान ड्री प्रिटोरियस ७ रनमा रन आउट भए।  दोनोभान फेरेरा १६ रनमा अविजित रहे। ध्रुव जुरेलले ५३ रनको अविजित पारी खेले। उनले ३८ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे। लखनउको लागि बलिङतर्फ आकाश सिंह र मोसिन खानले १-१ विकेट लिए।

त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको लखनउका लागि ओपनर ब्याटर मिचेल मार्सले सर्वाधिक ९६ रनको पारी खेले ‌। ‌उनले ५७ बलमा ११ चौका र ५ छक्का प्रहार गरे। लखनउका ओपनरद्वय। मिचेल मार्स र जोस इङ्लिसले १०९ रनको शतकीय साझेदारी सहित राम्रो सुरुवात दिलाएका थिए। निकोलस पुरनले १६ रन बनाउँदा कप्तान ऋषभ पन्तले ३५ रन बनाए। 

राजस्थानका लागि यसराज पुन्जाले सर्वाधिक २ विकेट लिए जोफ्रा आर्चरले १ विकेट लिए। 

लखनउ सुपर जायन्स यसअघि नै प्लेअफ समीकरणबाट बाहिरिसकेको छ। लखनउलाई पराजित गर्दै राजस्थान रोयल्सले भने शीर्ष चारमा स्थान बनाएको छ। 
राजस्थान रोयल्स शीर्ष ४ मा उक्लिँदा पहिलो पटक आइपीएल २०२६ मा पन्जाब किंग्स शीर्ष ४ बाट बाहिरिएको हो।

प्लेअफमा अब १ स्थान बाँकी छ। शीर्ष ३ मा रहँदै रोयल च्यालेन्जर्स  बेंगलोर (आरसीबी),गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद एक खेल अगावै प्लेअफ पुगिसकेका छन्। 

प्लेअफमा बाँकी रहेको एक स्थानको लागि राजस्थान रोयल्स, पन्जाब किंग्स, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सले प्रतिस्पर्धा गर्दैछन्। दिल्ली क्यापिटल्स नेट रन रेटमा निकै पछि रहेको छ। तर पनि अंक गणितीय रुपमा पाँच वटा टोलीले १ स्थानको लागि प्रतिस्पर्धा गर्दैछन्।

बुधबार आइपीएलमा एक खेल रहेको छ जसमा कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सले खेल्नेछन्। मुम्बई इन्डियन्स प्लेअफ समीकरणबाट बाहिरिसकेको छ भने कोलकाताको सम्भावना अझै बाँकी रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.