एमालेको प्रश्न : दिनको १०० रुपैंयाँले एउटा सुकुम्बासी परिवार कसरी काठमाडौंमा बाँच्न सक्छन् ?

एमालेको प्रश्न : दिनको १०० रुपैंयाँले एउटा सुकुम्बासी परिवार कसरी काठमाडौंमा बाँच्न सक्छन् ?
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सरकारले सुकुम्बासीहरुलाई अमानवीय तरिकाले होल्डिङ सेन्टरमा राखिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै एमाले सांसद बरालले सरकारले डोजर चलाएको वस्ती नै सुकुम्बासीहरुको अस्थायी बसोबास स्थल भएको बताउँदै अब तत्काल स्थायी बसोबासको व्यवस्था गर्नुपर्ने बताए । सरकारले जेठदेखि असारसम्म हरेक परिवारलाई महिनाको १५ हजार रुपैंयाँ दिने बताएको बताउँदै उनले प्रश्न गरे, ‘सरकार दिनको एक सय रुपैंयाँले काठमाडौं आसपासमा एउटा सुकुम्बासी परिवारले कसरी बस्न सक्छ ?’ सरकारले राम्रो प्रबन्ध नगरी सुकुम्बासीलाई सरकारले जबरजस्ती हटाएको आरोप लगाए ।

उनले यो सुकुम्बासीमाथि सरकारले गरेको अमानवीय हमला भएको आरोप लगाए । सरकारले सुकुम्बासीलाई हटाएर होल्डिङ सेन्टरमा राखेपछि सुकुम्बासी परिवारका सुत्केरी महिला कुपोष्णको शिकार भएको, बालबालिका विद्यालय जान नपाएको, युवाहरुलाई मानसिक स्वास्थ्यको समस्या भएको, उच्च शिक्षा हासिल युवाहरु समेत अप्ठ्यारोमा रहेको र महिला–पुरुषलाई एकै ठाउँ राखिँदा समस्या भइरहेको बताए ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.