मोदीले मेलोनीलाई दिए ‘मेलोडी’ उपहार, सामाजिक सञ्जालमा भाइरल

मोदीले मेलोनीलाई दिए ‘मेलोडी’ उपहार, सामाजिक सञ्जालमा भाइरल

इटाली : इटली भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीलाई ‘मेलोडी’ टफी (चक्लेट) उपहार दिएका छन् । मेलोनीले आफैं यो रमाइलो ‘मेलोडी’ क्षणको भिडियो शेयर गरेकी छन्, जुन सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पाँच देशको भ्रमणको अन्तिम चरणमा इटलीको राजधानी रोम पुगेका छन् ।

यस भ्रमणका क्रममा महत्वपूर्ण कूटनीतिक छलफलबीच एउटा निकै रोचक र रमाइलो घटना सार्वजनिक भएको छ । प्रधानमन्त्री मोदीले इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीलाई ‘पार्ले मेलोडी’ चकलेटको प्याकेट उपहार दिएका हुन् । यसको भिडियो इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेको छ। यो भिडियो स्वयं प्रधानमन्त्री मेलोनीले आफ्नो एक्स ह्यान्डलमार्फत शेयर गरेकी हुन् ।

nullभाइरल भिडियोमा के छ ?

सेल्फी भिडियोमा प्रधानमन्त्री मेलोनी र प्रधानमन्त्री मोदी सँगै देखिन्छन् । भिडियोमा मेलोनी मुस्कुराउँदै भन्छिन्, ‘प्रधानमन्त्री मोदी मेरो लागि एकदमै राम्रो टफी उपहार लिएर आउनु भएको छ ।’ त्यसपछि प्रधानमन्त्री मोदीले क्यामेरातर्फ ‘मेलोडी’ चकलेटको प्याकेट देखाउँदै ‘मेलोडी !’ भन्छन् । त्यस लगत्तै दुवै नेता हाँस्न थाल्छन् । यो रमाइलो क्षणले दुई नेताबीचको घनिष्ठ मित्रता र राम्रो सम्बन्ध झल्काएको छ ।

के हो ‘मेलोडी’ को अर्थ ?
इन्टरनेट र सामाजिक सञ्जालमा ‘मेलोडी’ शब्द वास्तवमा इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको थर जोडेर बनाइएको हो । मेलोनी + मोदी = मेलोडी । यो शब्द पहिलो पटक केही वर्षअघि दुवै नेताको भेटपछि ट्रेन्डमा आएको थियो ।

त्यसबेला मेलोनीले एउटा सेल्फी भिडियो पोस्ट गर्दै ‘हेलो फ्रम द मेलोडी टिम’ भनेकी थिइन् । त्यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीहरूको कूटनीतिक मित्रतालाई ‘मेलोडी’ नाम दिएका थिए । अहिले प्रधानमन्त्री मोदीले यही ग्लोबल सोशल मिडिया ट्रेन्डलाई रमाइलो शैलीमा प्रतिक्रिया दिँदै साँच्चीकै ‘मेलोडी’ टफी उपहार दिएका हुन् ।

null‘रोमन कोलोसियम’ के हो ? किन विशेष छ यो भेट ?
यसअघि इटली पुगेका प्रधानमन्त्री नरेन्द्र मोदीको भव्य स्वागत गरिएको थियो । उनलाई ‘गार्ड अफ अनर’ समेत दिइएको थियो । इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले उनलाई आफ्नो ‘मित्र’ भन्दै सम्बोधन गरेकी थिइन् ।

‘रोमन कोलोसियम’ के हो, जहाँ मेलोनीसँग घुम्न पुगे मोदी ?
इटली भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तस्बिरहरू बुधबार सामाजिक सञ्जालमा निकै भाइरल बने । ती तस्बिरहरूमा उनी इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँग रोमको सुन्दरता अवलोकन गर्दै देखिएका छन् ।

मेलोनीले स्वयं प्रधानमन्त्री मोदीलाई स्वागत गरिन् र सामाजिक सञ्जालमा सेल्फी शेयर गर्दै उनलाई आफ्नो मित्र बताइन् । उनले मोदीका लागि विशेष डिनरको आयोजना पनि गरिन् । त्यसपछि दुवै नेता रोमको ऐतिहासिक ‘रोमन कोलोसियम’ पुगे, जहाँ उनीहरू झिलिमिली बत्तीले उज्यालिएको ऐतिहासिक संरचनाको गल्लीहरूमा हिँड्दै कुराकानी गरिरहेको देखिए ।

प्रधानमन्त्री मोदी र मेलोनीबीचको राम्रो सम्बन्ध र व्यक्तिगत मित्रता पहिले नै चर्चित छ । यस्तो अवस्थामा औपचारिक कार्यालयभन्दा बाहिर कोलोसियम जस्तो ऐतिहासिक स्थलमा सँगै घुम्नुले दुई देशबीचको सम्बन्ध केवल कागजी सम्झौतामा सीमित नभएको सन्देश दिन्छ ।

के हो रोमन कोलोसियम ?
कोलोसियम इटलीको राजधानी रोममा अवस्थित विशाल एम्फीथिएटर अर्थात् खुला रंगशाला हो । यसको निर्माण सन् ७०–७२ ईस्वीमा फ्लाभियन वंशका सम्राट भेस्पासियनले सुरु गरेका थिए भने सन् ८० ईस्वीमा सम्राट टाइटसले यसको उद्घाटन गरेका थिए । यो संरचना रोमका जनतालाई मनोरञ्जनका लागि उपहारस्वरूप बनाइएको थियो । यहाँ एकै पटक ५० हजारभन्दा बढी मानिस बस्न सक्थे । यसमा ८० वटा प्रवेशद्वार थिए, जसका कारण करिब १० मिनेटमै सम्पूर्ण रंगशाला खाली गर्न सकिन्थ्यो ।

nullविश्वका सात आश्चर्यमध्ये एक
रोमन साम्राज्यको समयमा कोलोसियम केवल एउटा भवन मात्र थिएन, यो रोमन संस्कृति र मनोरञ्जनको प्रमुख केन्द्र थियो । यहाँ योद्धा र दासबीच हुने रक्तपातपूर्ण युद्धहरू आयोजना गरिन्थ्यो । मानिस र जंगली जनावरबीचको भिडन्त पनि यहाँ गराइन्थ्यो ।

त्यसका साथै यहाँ प्रसिद्ध पौराणिक नाटकहरूको मञ्चन समेत हुन्थ्यो । प्राचीन वास्तुकला र रोमन इन्जिनियरिङको उत्कृष्ट नमूनाका रूपमा यसलाई हेरिन्छ । यही कारणले कोलोसियमलाई विश्वका सात आश्चर्यमध्ये एक मानिएको छ र यो युनेस्कोको विश्व सम्पदा सूचीमा समेत सूचीकृत छ ।

किन महत्वपूर्ण छ ‘कोलोसियम वाक’ ?
प्रधानमन्त्री मोदी र जर्जिया मेलोनीबीचको यो भेटमा धेरै सन्देश लुकेका छन् । जब दुई देशका नेता औपचारिक बैठक कक्षभन्दा बाहिर कुनै ऐतिहासिक सम्पदास्थलमा अनौपचारिक रूपमा भेट्छन्, त्यसले अन्तर्राष्ट्रिय राजनीतिमा गहिरो अर्थ राख्छ ।

भारत विश्वका सबैभन्दा पुराना र जीवित सभ्यतामध्ये एक हो भने रोमन साम्राज्य युरोपको सबैभन्दा प्रभावशाली प्राचीन सभ्यता मानिन्छ । त्यसैले यी दुई प्राचीन सांस्कृतिक शक्तिका नेताहरूको कोलोसियममा भेट हुनु सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण मानिएको छ । यसले भारत–इटलीबीच मजबुत बन्दै गएको रणनीतिक, सांस्कृतिक र व्यक्तिगत सम्बन्धलाई थप उजागर गरेको छ । तस्बिरहरु : मोदीको ट्वीटर (एक्स) बाट


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.