विश्वविद्यालयमा उपकुलपति बन्न २१८ जनाको आवेदन, त्रिबिमा सबैभन्दा धेरै

विश्वविद्यालयमा उपकुलपति बन्न २१८ जनाको आवेदन, त्रिबिमा सबैभन्दा धेरै
सुन्नुहोस्

काठमाडौं : विभिन्न विश्वविद्यालयहरूको उपकुलपति बन्न २१८ जनाले आवेदन दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले विज्ञप्ति जारी गरेर उपकुलपतिका लागि २१८ जनाको आवेदन परेको जानकारी दिएको छ।

विभिन्न ८ विश्वविद्यालयमध्ये सबैभन्दा धेरै त्रिभुवन विश्वविद्यालय (त्रिबि)मा आवेदन गरेको छ। मन्त्रालयका अनुसार त्रिबिमा ५० जनाको आवेदन परेको छ।

त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयका लागि ३८, पोखरा विश्वविद्यालयका लागि ३८, सुदूरपश्चिम विश्वविद्यालयका लागि १९, मध्यपश्चिम विश्वविद्यालयका लागि २०, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५ र राजर्षि जनक विश्वविद्यालयका लागि २७ जनाको उम्मेदवारी परेको छ।

सरकारले गत वैशाख २५ गते अनलाइन माध्यमबाट उपकुलपति पदका लागि आवेदन खुलाएको थियो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.