सरकारलाई एमालेको चेतावनी : अब सात दिनपछि सदन चल्न समस्या हुन्छ

सरकारलाई एमालेको चेतावनी : अब सात दिनपछि सदन चल्न समस्या हुन्छ
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सरकारले अबको सात दिनभित्र जनताको समस्या सुनुवाइ नगरे सदन चल्न समस्या हुने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको आजको वैठकलाई सम्बोधन गर्दै सांसद राईले आज गाउँघरमा बाँदरको समस्याले मानिसको बास उठाएको, मानिसले खाना खान समेत नपाएको बताउँदै यस विषयमा सरकार किन सिरियस हुँदैन भन्दै प्रश्न गरेका छन् । अहिले जनताको सबै भन्दा ठूलो समस्या बाँदर आतंक भएको बताउँदै राईले यसलाई नियन्त्रण गर्न नसके जनताको जीवन परिवर्तनमा ठूलो वाधा हुने बताए ।

उनले तत्कालरुपमा बाँदरको समस्या समाधान गर्नका लागि सरकारलाई ध्यानाकर्षण समेत गराए । उनले अब सात दिनभित्र बाँदरको समस्या समाधानका लागि सरकारले पहल गरेन भने सबै सांसदहरुले कुरा उठाउने र सदन चल्न गाह«ो हुने बताए । उनले यस विषयमा जवाफ दिन सरकारसँग आग्रह समेत गरे

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.