प्रधानमन्त्रीलाई लिएर विपक्षीको विरोध, संसद वैठक स्थगित

प्रधानमन्त्रीलाई लिएर विपक्षीको विरोध, संसद वैठक स्थगित
सुन्नुहोस्

काठमाडौं : विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गर्दै विरोध जनाएपछि प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । बिहीबार बसेको बैठकमा बिपक्षी दलका सांसदहरुले प्रतिनिधिसभा नियमावलीको दफा ५६ मा भएको व्यवस्था बमोजिम प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने मागसहित उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो । उनीहरुले सांसदहरुले उठाएका बिषयमा प्रधानमन्त्री स्वयं सदनमा उपस्थीत भएर जवाफ दिनुपर्ने अडान राखेका थिए ।

बैठकमा विशेष समय सकिएपछि बिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए । विरोधपछि सभामुख डोल प्रसाद अर्यालले नेकपा एमालेका सांसद ऐन महरलाई समय दिएका थिए । सांसद महरले प्रधानमन्त्रीले संसदलाई छल्ने काम गरेको भन्दै आपत्ति जनाए । उनले संसदको नियमावलीलाई बेवास्ता गर्न नमिल्ने भन्दै संसदमा उपस्थित हुन रुलिङको माग गरे ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सासद युवराज दुलालले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने व्यवस्था उल्लङ्घन भएकाले तत्काल रुलिङको माग गरे । उनले प्रधानमन्त्रीले सदनलाई बेवास्ता गर्नु संविधान र सार्वभौम जनताप्रतिको अपमान भएको उल्लेख गरे । त्यस्तै राप्रपा सांसद खुश्बु ओलीले सदनमा सांसदहरुको प्रश्नको जवाफका लािग प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन माग गरिन् ।

त्यस्तै श्रम संस्कृति पार्टीका सांसद आरेन राईले विधि र नीतिको शासनभन्दा माथि हुने गरी कोहि पनि चल्न नसक्ने भन्दै तत्काल प्रधानमन्त्रीलाई बोलाउनलाई रुलिङको माग गरे । बिपक्षीको अवरोधपछि सभामुख अर्यालले आफ्नो ध्यानाकर्षण भएको भन्दै बस्न आग्रह गरेका थिए । तर बिपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ हुनुपर्ने अडान कायमै राखेका थिए । बिपक्षी सांसदले निरन्तर अवरोध गरेपछि सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरे । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.