प्रधानमन्त्री संसदमा नआएर मलाई कुनै दबाब छैन : रवि लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री छिट्टै सदनमा आएर उठेका प्रश्नको जवाफ दिने बताएका छन्।
बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री छिट्टै सदनमा आउने र यसको जानकारी पनि छिट्टै हुने बताए।
प्रधानमन्त्री संसदमा आउँदा तपाईँलाई दबाब बढेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले आफूलाई कुनै दबाब नभएको बताए।
उनले जनताको अपेक्षाअनुसार सरकारले काम गरोस् भन्ने दबाब भने आफूलाई हुने गरेको बताए। सभापति लामिछानेले महाधिवेशनमा पार्टी होमिएको र महाधिवेशनमार्फत पार्टीलाई ठीक ढंगले अघि लिएर जाने बताए।
प्रतिक्रिया दिनुहोस !