सरकारले सीमाभन्दा बाहिर गएर दातृ निकायसँग ऋण लिएको छैन : अर्थमन्त्री


 काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्। सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री वाग्लेले अर्थतन्त्रको आकार ठूलो बनाउने सरकारको लक्ष्य भएकाले यसपटकको नीति तथा कार्यक्रम, सिद्धान्त तथा प्राथमिकता र बजेट त्यसतर्फ सोझिएको बताएका हुन्। उनले आर्थिक सुधारका कामहरूलाई निरन्तरता दिँदै मुलुकको अर्थतन्त्रको आकार बढाउनुपर्नेमा जोड दिए।

उनले उद्यममैत्री,निजी क्षेत्रमैत्री र लगानीमैत्री वातावरण निर्माण गरी अर्थतन्त्रलाई सुदृढ बनाउने प्रयासमा सरकार रहेको समेत बताए । सार्वजनिक ऋणका विषयमा सांसदहरूले उठाएका प्रश्नमा मन्त्री वाग्लले वर्तमान सरकारले सीमा भन्दा बाहिर गएर दातृ निकायसँग ऋण नलिएको स्पष्ट पारे । उत्पादनमुखी क्षेत्रमा आन्तरिक तथा वैदेशिक ऋणको उपयोग गरिएमा सकारात्मक आर्थिक वृद्धि हुने सरकारको विश्वास रहेको उनले बताए।

उनले लगानीमैत्री वातावरण बनाएर अर्थतन्त्रको आकार ठूलो बनाउन सके स्रोतको सीमिततामा बस्नुपर्ने असहज अवस्था सहज हुँदै जाने उल्लेख गरे। मन्त्री वाग्लेले करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाहरूलाई समयमा नै पुरा गर्न प्रयाप्त बजेट बिनियोजन गरिने जानकारी दिए । 

बैठकमा समिति सदस्यहरूले अलपत्र आयोजनालाई पुरा गर्न सक्ने गरि बजेट बिनियोजन गर्नुपर्नेमा जोड दिएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.