पूरा भयो सहिदपुत्रीको नर्सिङ सपना

पूरा भयो सहिदपुत्रीको नर्सिङ सपना
सुन्नुहोस्

चितवन : उदयपुरकी सुनिता राई छोरी पढाउनका लागि भरतपुरमा कोठा भाडामा लिएर बस्दै आएकी छन्। उनका  श्रीमान् सारकुमार राई कामको सिलसिलामा काठमाडौं आवतजावत गर्थे। राई परिवार सुख दुःखका साथ छोरी पढाउँदै आएका थिए। जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते श्रीमान् सन्तोषको गौशालामा निधन भएपछि परिवारमा एक्कासि बज्रपात पर्‍यो ।

घरको मियो मानिएका श्रीमान् काे  निधनपछि सुनितालाई छोरीको भविष्यले थप पिरोलेको थियो। छोरी कसरी पढाउने भन्ने चिन्ताले अत्तालिएकी सुनिताको काँधमा अहिले छोरीको भविष्य सुनिश्चित हुने आधारसहित बीएससी नर्सिङ पढ्ने सपना पूरा गर्ने अवसर आइपुगेको छ। ‘सुख दुःख गरेकै थियौं। खान त एक छाक खाऔंला तर छोरीको भविष्य के होला भन्ने मात्र चिन्ता थियो,’ उनले भनिन्, ‘आफूलाई सम्हाल्नै सकिनँ, परिवारमा ठूलो बज्रपात भयो। अब त पढ्ने वातावरण मिलेको छ र नानीको पनि आँट आउँछ जस्तो लागेको छ।’

छोरीलाई कसरी पढाउने भन्ने चिन्ताले सताइरहेका बेला नेपालको प्रतिष्ठित व्यावसायिक घराना गोल्याण ग्रुपले सहिद परिवारलाई सहयोग गर्ने योजना अघि सारेपछि राई परिवारले ठूलो राहत पाएको छ। 

जेन–जी आन्दोलनका सहिद परिवारलाई शैक्षिक वृत्ति प्रदान गर्ने यस कार्यक्रमले राई परिवारका लागि ठूलो आधार भएको छ। ‘अहिले मन ढुक्क भएको छ। गोल्याण ग्रुपले गरेको सहयोगले आलो घाउमा मलम लगाए जस्तै भएको छ,’ सुनिताले भनिन्, ‘नानीको पढ्ने सपना सानैदेखिको हो। अब त्यो सपना पूरा हुन्छ जस्तो लागेको छ।’ सुनिताकी छोरी आकृति राईले भरतपुर–११, बसेनीस्थित मनशिक्षा मन्दिरबाट ३.४० जीपीए ल्याएर एसईई उत्तीर्ण गरेकी छन्। आकृति एसईई उत्तीर्ण हुने जेन–जी सहिदकी पहिलो सन्तान हुन्। उनी हाल भरतपुरकै अरोमा कलेजमा कक्षा ११ मा अध्ययनरत छिन्। शनिबार गोल्याण ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक अक्षय गोल्याणले आकृति बसेकै डेरामा पुगेर बधाई तथा शुभकामना दिए। 

‘त्यस्तो पीडादायी अवस्थामा पनि यति राम्रो अंक ल्याउनु ठूलो कुरा हो। यत्तिको जेहेनदार विद्यार्थी देशलाई चाहिन्छ,’ गोल्याणले भने, ‘पीडा भुलाउन र ती बालबालिकाको भविष्य नबिग्रियोस् भनेर नै हामीले यो सहयोग गरेका हौं।’जेन–जी आन्दोलनका सहिदका बालबालिकालाई गोल्याण ग्रुपले कक्षा १२ सम्मको शैक्षिक वृत्ति प्रदान गरिरहेको छ। हाल ३२ जना बालबालिकाले यो छात्रवृत्ति पाइरहेका छन्। शैक्षिक शुल्कसहित अतिरिक्त क्रियाकलापका लागिसमेत गरी ग्रुपले उनीहरूलाई मासिक ४० हजार रुपैयाँका दरले सहयोग गर्दै आएको छ। 

यसरी एकजना विद्यार्थीले वार्षिक ४ लाख ८० हजार रुपैयाँ बराबरको शैक्षिक वृत्ति पाइरहेका छन्। ‘सहिद परिवारका बालबालिका उत्तीर्ण हुने मात्र होइन, सक्षम पनि होऊन् भन्ने हाम्रो चाहना हो,’ ग्रुपकी कर्पोरेट अफेयर्स, कम्युनिकेसन्स एन्ड पीआर प्रमुख ज्योति गैरेले भनिन्, ‘परिवारले देखेको सपना पूरा गर्न हामी पढाइमा साथ दिन्छौं भन्ने जुन प्रतिबद्धता थियो, त्यहीअनुसार आज बधाई दिन आएका हौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.