प्रेमी र बहिनीसँग मिलेर श्रीमानको हत्या, पतिको मृत्युपछि प्रेमीसँग ‘रोमान्स’
भारत : भारतको मुरादाबादको मझोला थाना क्षेत्रमा अवैध सम्बन्धमा बाधक बनेपछि एक महिलाले आफ्ना प्रेमी, बहिनी र बहिनीका प्रेमीसँग मिलेर यातनापूर्ण रुपमा हत्या गरेकी छिन् । उनले श्रीमानलाई करेन्ट लगाएर र विष खुवाएर हत्या गरेको आरोप लागेको छ । घटनापछि यसलाई दुर्घटना र आत्महत्या भन्दै भ्रामक जानकारी फैलाउने प्रयास गरिएको थियो ।
पोस्टमार्टम रिपोर्टमा हत्या पुष्टि भएपछि फर्ममा काम गर्ने पवन कुमारका दाजुको उजुरीका आधारमा उनकी पत्नी, प्रेमी, बहिनीसहित चार जनाविरुद्ध हत्या मुद्दा दर्ता गरिएको छ । प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । ३० वर्षीय पवन कुमार एक एक्सपोर्ट फर्ममा काम गर्थे। उनी विगत केही वर्षदेखि मझोलाको कुन्दनपुरमा कृषि विभागको कार्यालय नजिकै घर बनाएर बस्दै आएका थिए । उनका दाजु देवेन्द्र र दुई दिदीबहिनी अनीता तथा बबिता छन् । देवेन्द्र विद्युत् विभागमा लाइनम्यान हुन् ।
पत्नीको प्रेम सम्बन्धबारे श्रीमानले जनाएका थिए आपत्ति
पत्नीले फोन गरेर बोलाएकी थिइन् घर
स्थानीयबाट जानकारी लिँदा शुक्रबार राति करिब ११ बजे दुई जना घरबाट बाहिरिएको थाहा भएको थियो । उनकी पत्नी आँचलले आफ्नी बहिनी शिखा, प्रेमी अंकित र शिखाका प्रेमी अजय दिवाकरसँग मिलेर पवनको हत्या गरेको उनका दाजुले आरोप लगाएका छन् ।
बताइएअनुसार करिब १५ दिनअघि आँचल माइत गएकी थिइन्, जहाँ उनले श्रीमानको हत्या गर्ने योजना बनाएकी थिइन् । त्यसपछि बिहीबार साँझ बहिनी शिखासँग मुरादाबाद फर्किएकी थिइन् । त्यस समयमा पवन आफ्नी बहिनी अनीताको घरमा थिए । आँचलले फोन गरेर ‘म मुरादाबाद आइपुगें, तपाईं पनि आउनुहोस्’ भनेकी थिइन् ।
हत्या पछि प्रेमीसँग रोमान्स
त्यसपछि बिहीबार राति पवन घर फर्किए । शुक्रबार बिहान काममा गएका उनी साँझ घर फर्किएपछि हत्या गरिएको बताइएको छ । पवनलाई करेन्ट लगाएर र विष खुवाएपछि आँचल र शिखा आफ्ना–आफ्ना प्रेमीसँग घरमै रोमान्स गरिरहेको आरोप छ । एकातिर पवनको ज्यान जाँदै थियो भने अर्कोतिर उनीहरू रमाइलोमा व्यस्त थिए । पवनको मृत्यु भएपछि मात्र परिवारलाई फोन गरेर आत्महत्याको नाटक गरिएको बताइएको छ ।
पत्नी र सालिका बयानमा विरोधाभास देखिएपछि शंका
पत्नी र सालिको बयानमा विरोधाभास देखिएपछि पवनका दाजु तथा दिदीबहिनीलाई शंका लागेको थियो । त्यसपछि प्रहरीले शव पोस्टमार्टमका लागि पठाएको थियो, जहाँ हत्या पुष्टि भएको हो । त्यसपछि पवनका दाजुले मुद्दा दर्ता गराएका हुन् । स्रोतका अनुसार पत्नी आँचलले प्रहरीसमक्ष हत्या स्वीकार गरिसकेकी छन् ।
जेठाजुको छोरासँग थियो प्रेम सम्बन्ध
प्रहरी अनुसन्धानअनुसार विवाहपछि पवन र आँचल मझोलाको कुन्दनपुरमा बस्दै आएका थिए । आँचल बेला–बेलामा ससुराली गाउँ गोवर्धनपुर पनि जान्थिन् । त्यही क्रममा उनी पवनका भतिजा अंकितसँग नजिकिएकी थिइन् । करिब दुई वर्षअघि उनीहरूबीच प्रेम सम्बन्ध सुरु भएको थियो । त्यसपछि अंकितको पवनको घरमा आउजाउ बढेको थियो ।
करिब ६ महिनाअघि पवनलाई पत्नी र भतिजाबीचको अवैध सम्बन्धबारे थाहा भएको थियो । उनले पत्नीलाई यस्तो सम्बन्ध अन्त्य गर्न भनेपछि घरमा विवाद बढ्न थालेको थियो । अवैध सम्बन्धका कारण हत्या गरिएका पवनकी दुई वर्षीया छोरी दिव्यांशी अब बुबाविहीन भएकी छन् । आफ्ना अवैध सम्बन्ध जोगाउन आँचलले श्रीमानको हत्या मात्र गरिनन्, आफ्नी सानी छोरीको टाउकोबाट बुबाको छाँया पनि सदाका लागि हटाइदिइन् ।
प्रतिक्रिया दिनुहोस !