यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं : सरकारले नेपाल-चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे-केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ वटा निर्णय गरेको हो। 

बैठकले कृषि, वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको छ। जसअन्तर्गत मोटा धानको प्रति क्विन्टल ३,६६० रुपैयाँ र मध्यम धानको प्रति क्विन्टल ३,८६० रुपैयाँ तोकिएको छ।

यसैगरी बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनलाई सार्वजनिक गर्ने र नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.