प्रधानमन्त्री शाह र युरोपेली संघका प्रतिनिधिबीच भेटवार्ता हुने
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह र युरोपेली संघ (इयु)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग भेटवार्ता हुने भएको छ।
प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री शाहले मंगलबार बिहान ११:३० बजे सिंहदरवारस्थित कार्यालयमा उनीहरूसँग सामूहिक भेट गर्नेछन्।
भेटमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ।
यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक छलफल गरेका थिए।
प्रतिक्रिया दिनुहोस !