प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री बालेनका तर्फबाट विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री बालेनका तर्फबाट विधेयक प्रस्तुत हुने
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

यसैगरी बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३,  र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफाबार छलफल तथा पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गरिने कार्यसूची छ।null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.