चिलीमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प

चिलीमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प
सांकेतिक तस्बिर
सुन्नुहोस्

काठमाडौं :  चिलीमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण संस्थाले टाकामा मरुभूमि क्षेत्रमा पर्ने कालामा सहरबाट करिब ३१ किलोमिटर टाढा र जमिनबाट झण्डै १०० किलोमिटर गहिराइमा गएको जनाएको छ।

भूकम्पबाट हालसम्म कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण प्राप्त नभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएपछि आफ्ना केही गतिविधि रोकिएको जनाएको छ। केही स्थानमा खानेपानी आपूर्तिमा पनि समस्या देखिएको थियो। तर, अन्य मुख्य पूर्वाधारमा भने ठूलो असर परेको छैन।

चिलीको राष्ट्रिय विपद् रोकथाम तथा प्रतिकार्य सेवाले सुनामीको जोखिम नरहेको तथा घाइते वा गम्भीर क्षतिको कुनै रिपोर्ट नआएको जनाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पको धक्का अरिका, तारापाका, एन्टोफागास्टा र अटाकामा क्षेत्रमा महसुस गरिएको थियो।

दक्षिण अमेरिकी मुलुक चिली विश्वकै सबैभन्दा बढी भूकम्प जाने देशमध्ये एक मानिन्छ। त्यहाँ ७.० म्याग्निच्युडभन्दा कमका भूकम्पलाई सामान्य रूपमा धेरै चिन्ताजनक मानिँदैन।

सन् १९६० मा दक्षिणी सहर भाल्दिभियामा गएको ९.५ म्याग्निच्युडको भूकम्प जाँदा करिब ९ हजार ५ सय जनाको मृत्यु भएको थियो। सन् २०१० मा मध्य चिलीको तट नजिक गएको ८.८ म्याग्निच्युडको भूकम्पले सुनामी निम्त्याउँदा ५२० भन्दा बढी मानिसको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.