वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने सञ्चालकसहित ७ जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने सञ्चालकसहित ७ जना पक्राउ
सुन्नुहोस्

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित डब्लुडब्लुआईसीएस इमिग्रेसन सर्भिस नेपालका सञ्चालक काठमाडौं महानगरपालिका-२६ बस्ने भारत पंजाव मोहाली घर भएका २६ वर्षीय अमित कुमार र काठमाडौं महानगरपालिका-३ बस्ने भारत हरियाणा फरिदावाद घर भएका ३९ वर्षीय राहुल कुमार, काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने चितवनको कालिका नगरपालिका-६ घर भएकी २७ वर्षीया मुस्कान घिमिरे, ललितपुरको ललितपुर महानगरपालिका-२३ बस्ने मकवानपुरको बकैया गाउँपालिका-९ घर भएका ३९ वर्षीय जनक बहादुर वाईबा, ललितपुरको महालक्ष्मी नगरपालिका-१ बस्ने सुनसरीको रामधुनी नगरपालिका-५ घर भएका २७ वर्षीय मिलन घिमिरे, काठमाडौं महानगरपालिका-१५ बस्ने मोरङको बेलबारी नगरपालिका-३ घर भएका २७ वर्षीय कमल थापा र काठमाडौं महानगरपालिका-७ बस्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ घर भएकी ४० वर्षीया नितु घिमिरे रहेका छन्।  

पक्राउ परेकामध्ये अमित र राहुलले क्यानडा पठाइदिन्छु भन्दै ४ जनाबाट १ करोड ५७ लाख ६५ हजार ४ सय रुपैयाँ, मुस्कानले ग्रीस पठाइदिन्छु भन्दै १ जनाबाट १२ लाख रुपैयाँ, जनकले फ्रान्स पठाइदिन्छु भन्दै १ जनाबाट १६ लाख रुपैयाँ, मिलनले क्रोएशिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ३५ हजार रुपैयाँ लिएका थिए। 

यसैगरी कमलले बेलायत, रोमानिया लगायतका देशहरू फटाइदिन्छु भन्दै ३ जनाबाट २७ लाख ५० हजार रुपैयाँ र नितुले अमेरिका पठाइदिन्छु भन्दै ३ जनाबाट २६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूले उजुरी दिएका थिए। 

पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमित र राहुललाई काठमाडौं महानगरपालिका-११ बाट शनिबार, मुस्कानलाई टोखा नगरपालिका-३ बाट, जनकलाई ललितपुर महानगरपालिका-२३ बाट र मिलनलाई ललितपुर महालक्ष्मी नगरपालिका-४ बाट आइतबार तथा कमललाई काठमाडौं नागार्जुन नगरपालिका-१ बाट र नितुलाई काठमाडौं महानगरपालिका-७ बाट सोमबार पक्राउ गरेको हो। 

पक्राउ परेकामध्ये अमित र राहुललाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने मुस्कान, जनक, मिलन, कमल र नितुलाई वैदेशिक रोजगार विभाग पठाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.