पुजा महतोको चौंथो टी–२० अन्तर्राष्ट्रियमा अर्धशतक
काठमाडौं : एसियन गेम्स महिला छनोट अन्तर्गत चीनसँगको खेलमा नेपालकी उपकप्तान पुजा महतोले आफ्नो टी–२० अन्तर्राष्ट्रिय करिअरको चौंथो अर्धशतक पूरा गरेकी छिन्।
क्वाललाम्पुरस्थित वायुमास ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालको लागि पुजाले १६.५ ओभरमा ४९ बलमा ५ चौकासहति अर्धशतक पूरा गरेकी हुन् । उनले चौंथो विकेटका लागि रुबी पोदारसँग ६४ रनको साझेदारी बनाउँदै नेपाललाई १ सय रन माथि पुर्याएकी हुन् ।
उनले व्यक्तिगत ६३ रन बनाउँदै रन आउटको रुपमा पेभेलियन फर्किइन् । उनले सन् २०२३ मा मलेसियामा नै हङकङविरुद्ध नेपालको सिनियर टिममा डेब्यू गरेकी हुन् । नेपालका लागि यो खेलमा सीमाना केसीले सिनियर टिमबाट टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेकी हुन् ।
प्रतिक्रिया दिनुहोस !