पूजाको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ को लक्ष्य
काठमाडौं : एसियन गेम्स महिला छनोट अन्तर्गत नेपालले चीनलाई १२६ को लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको क्वाललाम्पुरस्थित, वायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनाएको थियो ।
नेपालको लागि उपकप्तान पुजा महतोले ६३ रनको अर्धशतकीय पारी खेलिन् । उनले ५७ बलमा ६ चौका प्रहार गरेकी हुन् । उनले चौथो विकेटका लागि रुबी पोदारसँग ६४ रनको साझेदारी बनाएकी थिइन् । रुबीले व्यक्तिगत २२ रन बनाइन् । कप्तान इन्दु बर्मा डकआउट भइन् । चीनको लागि मा रुइकीले सार्वधिक २ विकेट लिइन् । वाङ हुइङ र जाइपिङ लिले १–१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस !