राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच भेटवार्ता, बजेटका विषयमा छलफल

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच भेटवार्ता, बजेटका विषयमा छलफल
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ। आगामी आर्थिक वर्षको बजेटका विषयमा उनीहरूबीच छलफल भएको हो। 

बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपति पौडेलालाई जानकारी गराएको अर्थमन्त्री सचिवालयले जानकारी दिएको छ। 
 

भेटमा अर्थमन्त्री वाग्लेले संसद्मा पेस गरेको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिज्यूलाई हस्तान्तरण गरेका थिए।

अर्थमन्त्री वाग्लेले भोलि शुक्रबार अपरान्ह ४ बजे संसदको संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दैछन्।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.