मदिरा र चुरोटमा सरकारले बढायो कर
काठमाडौं : सरकारले मदिरा र चुरोटमा कर बढाएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मदिरा र चुरोटमा कर बृद्धि गरिएको जानकारी गराएका हुन् ।
सरकारले चुरोटमा करिब १० प्रतिशतसम्म र मदिरा तथा बियरमा लाग्ने अन्तःशुल्क वृद्धि गरेको हो । अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ देखि माइक्रो ब्रुअरीलाई समेत मदिरा उद्योगको रुपमा दर्ता गरेर अन्तःशुल्को दायरामा ल्याउने घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !