मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
सांकेतिक तस्बिर
सुन्नुहोस्

झापा : झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक पैदल यात्रीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१३ निवासी ४४ वर्षीय निमा तामाङ रहेका छन् । 

प्रहरीका अनुसार मेची राजमार्गअन्तर्गत मेचीनगर–१२ सयरडाँगी चोकमा जेठ ११ गते साँझ करिब ७ः३० बजे चारआलीबाट बुधवारेतर्फ जाँदै गरेको प्र १–०१–०१२ प ६३५३ नम्बरको मोटरसाइकलले पैदल यात्री तामाङलाई ठक्कर दिएको थियो । दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका तामाङलाई तत्काल उपचारका लागि बिर्ता सिटी अस्पताल बिर्तामोड लगिएको थियो ।

आर्थिक अभावका कारण डिस्चार्ज गरी थप उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी लगिएकोमा उनको उपचारकै क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल तथा चालक बुद्धशान्ति गाउँपालिका–१ निवासी २३ वर्षीय नारायण भट्टराईलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.