केरा बगानमा करेन्ट लागेर किसानको मृत्यु

केरा बगानमा करेन्ट लागेर किसानको मृत्यु
सुन्नुहोस्

सप्तरी : हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहमा आज केरा बगानमा करेन्ट लागेर किसानको मृत्यु भएको छ। 

स्थानीय ४८ वर्षीय सहदेव लौगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए। उनका अनुसार केरा बगानमा धानको बीउ छर्न विद्युतीय  मोटरबाट पानी पठाउनका लागि तार जडान गर्ने क्रममा लौगीलाई करेन्ट लागेको थियो ।

लौगीको मृत्युबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ। खेतीको समयमा सप्तरीसहित मधेस प्रदेशमा विद्युतीय मोटरबाट खेतमा पानी हाल्ने र मोटर जडान गर्ने क्रममा कतिपय किसानको ज्यान जाने गरेको छ। यस्ता जोखिमबाट ज्यान जाने किसानप्रति सरकारले ध्यान दिएर न्यूनीकरण गर्नुपर्ने किसानले माग गरेका छन्।  

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.