तीन जिल्ला जोड्ने सुनकोशी–दूधकोशीमा एक साथ दुई झोलुङ्गे पुल

तीन जिल्ला जोड्ने सुनकोशी–दूधकोशीमा एक साथ दुई झोलुङ्गे पुल
सुन्नुहोस्

सुनसरी : खोटाङ, ओखलढुंगा र उदयपुर जिल्लालाई जोड्ने ऐतिहासिक महत्वका दुई झोलुङ्गे पुल सुनकोशी र दूधकोशी नदीको संगमस्थल ज्योर्तिघाटमा निर्माण भई सञ्चालनमा आएका छन् । पुल सञ्चालनसँगै तीन जिल्लाबीचको आवतजावत सहज हुनुका साथै पर्यटन, व्यापार र स्थानीय आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

nullखोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ ठुलढुङ्गा, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी र उदयपुरको कटारी नगरपालिका–१४ लेखानीलाई जोड्ने गरी सुनकोशी र दूधकोशीमाथि दुईवटा झोलुङ्गे पुल निर्माण गरिएको हो । हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले पुल सञ्चालनमा आएपछि तीन जिल्लाका नागरिकलाई ठूलो राहत पुगेको बताइन् । उनका अनुसार पुलले पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण तथा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

nullमानेभञ्ज्याङ गाउँपालिका–४ का वडाध्यक्ष विष्णु तामाङले विगतमा वर्षायाममा नदी तर्न निकै कठिन हुने गरेको उल्लेख गर्दै पुल निर्माणपछि विद्यार्थी, किसान, व्यापारी तथा सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुगेको बताए । सस्पेन्सन ब्रिज डिभिजन, पुलचोक, ललितपुरका योजना प्रमुख शंकर बुढाथोकीका अनुसार झोलुङ्गे पुलले सुरक्षित आवागमनका साथै शिक्षा, स्वास्थ्य, कृषि तथा व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पार्नेछ ।

null

२०७९ साउन ६ गते सस्पेन्सन ब्रिज डिभिजन र निर्माण कम्पनी श्री अपर तामाकोशी-जे.के. जेभीबीच सम्झौता भई निर्माण थालिएको पुल जटिल भौगोलिक अवस्थाबीच सम्पन्न गरिएको हो । खोटाङ–ओखलढुंगा जोड्ने पुल १३४ मिटर र ओखलढुंगा–उदयपुर जोड्ने पुल १७८ मिटर लामो छ । दुवै पुलको कुल लम्बाइ ३१२ मिटर रहेको छ । करिब ३ करोड ३१ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको राष्ट्रिय गानका रचनाकार तथा पुल निर्माणका पहलकर्ता प्रदीपकुमार राई ‘व्याकुल माईला’ ले जानकारी दिए ।

nullपुलको उद्घाटन खोटाङका पूर्व सांसद टंक राई र ओखलढुंगाका जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईले संयुक्त रूपमा गरेका थिए । पुल सञ्चालनमा आएपछि ज्योर्तिघाट नयाँ पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । स्थानीयका अनुसार सुनकोशी–दूधकोशी संगम र आसपासको प्राकृतिक सौन्दर्य अवलोकन गर्न दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन् । तीन जिल्लाको संगम क्षेत्रमा बनेका यी पुलले विकास, सम्भावना र सामाजिक एकताको नयाँ सेतु निर्माण गरेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.