नेपालले चीनलाई दियो ५१ रनको लक्ष्य

नेपालले चीनलाई दियो ५१ रनको लक्ष्य
सुन्नुहोस्

काठमाडौं : एसियन गेम्स छनोटको महिलातर्फको तेस्रो स्थानको लागि नेपालले चीनलाई ५१ रनको विजयी लक्ष्य दिएको छ । मलेसियाको क्वाललम्पूरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ७ ओभरमा ५ विकेटको क्षतिमा ५० रन बनायो । 

वायुमास ओभरमा खेलको बीचमा बर्षा हुँदा खेल रोकिएको थियो । जसले गर्दा खेल ७ ओभरमा घटाएर खेलाइएको हो । नेपालको लागि कविता कुँवरले सर्वाधिक २२ रन बनाइन् । उनले १० बलमा १ चौका र १ छक्का प्रहार गरिन् । ओपनर सम्झना खड्का ५ रनमा पेभेलियन फर्किइन् ।

सोनी पाख्रिनले ५ र कप्तान इन्दु बर्माले ११ रन बनाइन् । रुबिना क्षेत्री ३ रनमा अविजित रहिन् । चीनको लागि मा रुइकीले २ विकेट लिइन् । मिङ्ग्युइ जु र जाओ इहानले १–१ विकेट लिए । यो खेलको विजेता टोलीले जापानमा हुने एसियन गेम्समा स्थान बनाउने छन् । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.