सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच घम्साघम्सी
काठमाडौं : संसद बैठकभित्र सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच आज घम्साघम्सी भएको छ। केहीबेर मर्यादापालक र प्रतिपक्षी सांसदहरूबीच धकेलाधकेल भएको थियो। त्यस लगत्तै सत्तापक्षका सांसदहरू प्रतिवादमा उत्रिएका हुन्।
सभामुखले प्राप्त संशोधन प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने क्रम अघि बढाएसँगै विपक्षी वेञ्चका सांसदहरूले उठेर विरोध गरेका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद वासना थापाले सभामुखसँग समय मागेर नियमावलीको मस्यौदामाथिको छलफलमा सहभागी सांसदहरुले मस्यौदालाई समितिमा टुङ्ग्याएर पूर्ण छलफलका लागि सदनमा ल्याउन माग गरेको सन्दर्भ उल्लेख गर्दै सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत नगर्न आग्रह गरिन्।
विपक्षी सांसदलाई सम्झाउन सत्ता पक्षका सांसदहरू पनि आसनबाट उठेर ‘वेल’मा पुगेका थिए। सो क्रममा सांसदहरुबीच घम्साघम्सी भएको थियो। विपक्षीको अवरोध जारी रहेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगन गरेका थिए।
प्रतिक्रिया दिनुहोस !