प्रि ओपन सेसन : सामान्य अंकले बढ्यो सेयर बजार
काठमाडौं: साताको पहिलो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ०.२९ प्रतिशतले बढेर २७८२.३९ विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा ९६ स्क्रिप्सको ४८ हजार २८८ किता सेयर २ करोड २५ लाख ८२ हजार ८८२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ४६ वटा स्टक्सको मूल्य बढ्दा ३० वटाको घट्यो। बाँकी १८ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !