विपक्षी दलहरूको बैठक बस्दै
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बस्दैछ। संसद् बैठकअघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे बैठक बस्ने भएको हो। संसद् बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बोलाएको बैठकमा प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिबारे छलफल गरी साझा धारणा बनाइने जनाइएको छ।
प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा 'नेपालले पनि भारतको जग्गा मिचेको रहेछ'भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिपछि विकसित राजनीतिक परिस्थितिबारे विपक्षी दलहरूले संयुक्त रणनीति तय गर्ने तयारी गरेका छन्।
बैठकमा नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी,श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूलाई बोलाएको छ।
प्रतिक्रिया दिनुहोस !