संसदमा भएको घटनाबारे छानबिन गर्न सभामुखले बनाए समिति
काठमाडौं : आइतबार संसदमा भएको घटनाको छानबिन गर्न सभामुख डोलप्रसाद अर्यालले समिति बनाएका छन्।
प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको हो। अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानीनोक्सानी र क्षति पुर्याउने कार्य भएको भन्दै सभामुख अर्यालले समिति बनाएका हुन्।
समितिले ७ दिनभित्र प्रतिवेदन तयार गरेर सभामुखलाई बुझाउने छ।
प्रतिक्रिया दिनुहोस !