प्रतिनिधिसभा बैठक पुन:स्थगित
काठमाडौं : प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई लिएर जारी विवादका बीच प्रतिनिधि सभा बैठक पुनः स्थगित भएको छ। यसअघि विपक्षी दलहरूले अवरोध गरेपछि स्थगित भएको बैठक पुनः सुरु हुनासाथ विपक्षी सांसदहरूले विरोध जारी राखेका थिए।
विपक्षी दलका सांसदहरूले आसनबाट उठेर अवरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरे।
आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको भन्दै विपक्षी दलहरूले संसदमा अवरोध गर्दै प्रधानमन्त्रीसँग प्रमाण सार्वजनिक गर्न माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस !