नेविसंघको अध्यक्षमा कटुवाल
काठमाडौं : नेपाल विद्यार्थी संघको अध्यक्षमा करुणा कटुवाल नियुक्त भएकी छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ गत]को निर्णयअनुसार सभापति गगनकुमार थापाले म्याद समाप्त भई स्वतः विघटन भएको पार्टीआवद्ध भ्रातृ संघ नेविसंघको अध्यक्षमा कटुवाललाई नियुक्त गरेका हुन्।
सभापति थापाले तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गरेका छन्।
प्रतिक्रिया दिनुहोस !