ओलीको आरोप : राष्ट्रपति रबरस्ट्याम्प बन्नु भयो


काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपति जनाएका छन् । नेकपा एमालेले आजदेखि आयोजना गरेको दुई दिने कार्यशालालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले राष्ट्रपति पौडेल रबरस्ट्याम्प बनेको आरोप लगाए । उनले राष्ट्रपतिले बडो जुक्तिका साथ लोकतन्त्र जोगाएको बताए पनि राष्ट्रपति रबरस्ट्याम्पको रुपमा प्रयोग भएको टिप्पणी गरेका छन् । 

‘प्रधानमन्त्री बन्न संविधान चाहिएन । संविधान विपरीत प्रतिनिधिसभा भंग हुन्छ । अनि सम्मानीत राष्ट्रपतिजी भन्नु हुन्छ, बडो जुक्तिले लोकतन्त्र बचाएँ भनेर,’ उनले भने, ‘अहिलेसम्म आइपुग्दा राष्ट्रपतिजी रबरस्ट्याम्प बनेर जुन चिज गर्न नपर्ने हो संविधानको रक्षक र पालकको हैसियतमा । त्यो नगरेर जुन चिज नगर्न पर्ने हो त्यो गरेर जे मा पनि हस्ताक्षर गर्ने काम राष्ट्रपतिज्यू गरिरहनु भएको छ ।’

अध्यक्ष ओलीले भने, ‘सम्मानित संस्थाको बारेमा मलाई बोल्न मन थिएन । वास्तवमै बडो जुक्तिका साथ लोकतन्त्र एकपछि अर्को कदमबाट सिध्याउने काम भएको छ । जुन कुरा नेकपा एमालेलाई मान्य छैन, मान्य हुन हुँदैन । नेकपा एमाले देश, जनता, लोकतन्त्र, शान्ति, सुशासनप्रति प्रतिबद्ध पार्टी हो,’ ओलीले भने । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.