बजेटलाई पत्याएन सेयर बजारले

बजेटलाई पत्याएन सेयर बजारले
सुन्नुहोस्

काठमाडौं : बजेट घोषणापछि जेठको तेस्रो साता सेयर बजारले ओरालो यात्रा तय गर्‍यो। यस साताका पाँचै दिन सेयर कारोबार भयो। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ३ दिन घट्यो भने २ दिन बढ्यो। अघिल्लो साता भने सेयर बजार बढेको थियो। 

अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार २७८२.१० अंकमा बन्द भएको नेप्से यस साता सेयर कारोबारको पहिलो दिन सोमबार दोहोरो अंकले घट्यो। यस दिन नेप्से २६.७२ अंकले घटेर २७५५.३७ विन्दुमा झर्‍यो। त्यसपछि मंगलबार र बुधबार भने नेप्से २२.२१ र २.६६ अंकले घटे। त्यसपछि कारोबार भएका दुवै दिन बिहीबार र शुक्रबार नेप्से दोहोरो अंकले घटे। बिहीबार नेप्से १३.४६ अंकले घट्यो। सेयर कारोबारको अन्तिम दिन शुक्रबार ११.३७ अंकले घटेर नेप्से २७५५.४१ विन्दुमा आइपुग्यो। 

सातामा तीन दिन ५१.५५ अंकले घट्यो भने दुई दिन २४.८७ अंकले बढे पनि नेप्सेमा २६.६९ अंकले गिरावट आयो। अघिल्लो साता भने नेप्से २३.६० अंकले बढेको थियो। यस सातामा सोमबार न्यून विन्दु २७४५.२० मा र बुधबार उच्च विन्दु २७९९.१५ अंकसम्म नेप्से बढेर सेयर कारोबार भयो। 

साताकै सबैभन्दा कम मंगलबार ३ सय ४६ वटा कम्पनीको कारोबार भयो। बिहीबार साताकै सबैभन्दा बढी ३ सय ५३ स्क्रिप्टहरूको कारोबार भयो। अघिल्लो साता बढीमा ३ सय ५४ स्क्रिप्टहरूको कारोबार भएको थियो। 

यस साता सबैभन्दा कम बिहीबार ४ अर्ब ७० करोड ९३ लाख र सबैभन्दा बढी बुधबार ५ अर्ब ७३ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भयो। साताभरि ५ दिनको कारोबारमा २६ अर्ब ८४ करोड ६७ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो। यसबाट औसतमा दैनिक ५ अर्ब ३८ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको देखाउँछ। अघिल्लो साता ३ दिन सेयर कारोबार हुँदा औसतमा दैनिक ५ अर्ब ६२ करोड ३६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो। यसले सातामा औसत दैनिक सेयर कारोबार लगभग ४ प्रतिशतले घटेको देखाउँछ। अघिल्लो साता भने औसत दैनिक सेयर कारोबार करिब ५८ प्रतिशलले बढेको थियो। 

नेप्सेको कुल बजार पुँजीकरण शुक्रबार ४७ खर्ब १ अर्ब २८ करोड रुपैयाँ छ। गत साताको अन्तिम दिन बुधबार बजार पुँजीकरण ४७ खर्ब ४६ अर्ब ८२ करोड रुपैयाँ थियो। साताभर नेप्से २६.६९ घट्दा कुल बजार पुँजीकरण ४५ अर्ब ५४ करोड रुपैयाँले घट्न पुग्यो। अघिल्लो साता भने कुल बजार पुँजीकरण ४२ अर्ब ७ करोड रुपैयाँले बढेको थियो। 

यस साताभरि ५ दिनै कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलका कारोबार भयो। अघिल्लो साताको बुधबार पनि कालिञ्चोकको सेयर १४.९८ प्रतिशतले बढेको थियो। यस साता सोमबार नेपाल रिइन्स्योरेन्स कम्पनीको पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो भने बुधबार ५.१८ अंकले घटेको थियो। त्यसैगरी, मंगलबार सेन्ट्रल फाइनान्सको १३.६७ प्रतिशत, बिहीबार ङ्यादी हाइड्रोपावरको ९.१६ प्रतिशत र शुक्रबार उपकार लघुवित्त वित्तीय संस्थाको ९.७९ प्रतिशतले बढ्यो। 

सेयर बजारमा सूचीकृत १३ उपसमूहमा यस साता अन्य, नन लाइफ, फाइनान्स, लाइफ र म्युचुअल फन्डको इन्डेक्स बढे भने अरू ८ वटाको घटे। 
यस साता सेन्सेटिभ इन्डेक्स ३.५२ अंक, फ्लोट इन्डेक्स १.०९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६६ अंकले घटेका थिए। अघिल्लो साता भने सेन्सेटिभ इन्डेक्स ३.६२ अंक, फ्लोट इन्डेक्स १.५८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२१ अंकले बढेका थिए। 

एभरेस्ट कलर आईपीओको आवेदन जेठ २७ सम्म 
एभरेस्ट कलर लिमिटेडको जेठ २२ देखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिएको छ। सर्वसाधारणले जेठ २७ गतेसम्म आईपीओमा आवेदन 
दिन सक्नेछन्। 

सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ६ लाख ५५ हजार ७ सय कित्ता सेयर निष्कासन गरिएको हो। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

आईपीओ पाइपलाइनमा थपिए ६ नयाँ कम्पनी
नेपाल धितोपत्र बोर्ड (सेबोन) को आईपीओ पाइपलाइनमा ६ वटा नयाँ कम्पनीहरू थपिएका छन्। थपिएका नयाँ कम्पनीहरूमा हाइड्रोपावरतर्फ सुपरहेवा पावर कम्पनी र रघुगंगा हाइड्रोपावर छन्। 
उत्पादन र प्रशोधनतर्फ राजेश मेटल क्राफ्ट्स, अन्नपूर्ण माछा दाना उद्योग, युवरानी एग्रो इन्डस्ट्रिज र प्रिमियर डिस्टिलरी लिमिटेड रहेका छन्। 
यी कम्पनीहरूले कुल २ करोड ७८ लाख ३४ हजार ५ सय ३१ कित्ता सेयर निष्कासनका लागि प्रक्रिया अगाडि बढाएका हुन्।

सोपान फर्मास्युटिकल्सको आईपीओ सूचीकृत
नेप्सेमा जेठ २२ गते सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ। त्यसदिन कम्पनीको १ करोड ७१ लाख ६० हजार कित्ता सूचीकृत भएको हो।

मान्डु हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर 
मान्डु हाइड्रोपावरले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर सेयरधनीलाई वितरण गर्ने भएको छ। कम्पनीले सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ। 

जेठ १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरणसम्बन्धी निर्णय गरेको हो। आगामी वार्षिक साधारणसभाले पारित गरेर स्वीकृत पाएपछि लाभांश वितरण हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.