नेता रिसाए होइन, जनता रिसाए भन्ने चिन्ता गरौं : गगन थापा

नेता रिसाए होइन, जनता रिसाए भन्ने चिन्ता गरौं : गगन थापा
फाइल फोटो
सुन्नुहोस्

गोरखा : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेता रिसाए भनेर भन्दा जनता रिसाए भनेर चिन्ता गर्न पार्टी पंक्तिलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै थापाले केन्द्रको चिन्ता नगरी जिल्लाका जनताको चिन्ता गर्न सुझाव दिए ।

पार्टीको साधारण सदस्यको महत्व ठूलो भएकाले त्यसको कदर र संरक्षण गर्नु सबैको जिम्मेवारी भएको उनको तर्क थियो । ‘फलानो नेता रिसाए कि, ढिस्कानो नेता रिसाए कि भनेर चिन्ता गर्न छाड्नुस् । पार्टीको चुनाव चिन्हमा भोट हाल्ने जनता किन रिसाए भनेर चिन्ता गर्नुस्’, थापाले भने, ‘माथि, केन्द्र म मिलाउँछु । तल, जिल्ला तपाईहरु मिलाउनुस् ।’ जनता रिसाएर यसपटकको चुनावमा नतिजा बिग्रिएको भन्दै उनले उनीहरुलाई सम्हाल्न आग्रह गरे ।

‘कांग्रेसले अर्काको चुनाव चिन्हमा भोट हाल्नु जस्तो ऐतिहासिक गल्ती अरु केही होइन’, उनले भने, ‘आफ्नो चुनाव चिन्हमा भोट हाल्न नपाएको गुनासो गोरखा कांग्रेससँग छ भनेर यस पटक आफ्नै चुनाव चिन्हमा भोट हाल्न तालमेल नगरी चुनावमा गयौं, यस पटक पनि कांग्रेसजनहरुले अर्कै चुनाव चिन्हमा भोट हाल्नुभयो । यसबाट पनि धेरै विचलित हुनु जरुरी छैन । हामीले २०६४ को चुनाव पनि भोगेका हौँ । २०७४ को चुनाव पनि भोगेका हौँ । त्यहाँबाट संग्लिएर पहिलो पार्टी बनेका थियौँ । अब फेरि पार्टीलाई ठिक ठाउँमा उभ्याऔँ, आफै सँङ्लिएर आउँछ ।’ आउँदा दिनमा अरु पार्टीको चुनाव चिन्हमा भोट हाल्ने अवस्था सिर्जना नगर्न उनले आग्रह गरे ।

उनले २०८४ को चुनावमा उम्मेद्वार माथिबाट नभै तल्लो तहबाट छान्ने परिपाटीको विकास गर्ने बताए । ‘अँध्यारो कोठामा बसेर यो हाम्रो मान्छे, त्यो फलानोको मान्छे भन्ने दिन गयो’, उनले भने, ‘अब गोरखा नगरपालिकाको मेयरको टिकट कसलाई दिने भन्ने निर्धारण गोरखा नगरपालिकाकै पार्टीले गर्नेछ । अब तल्लो तहको पार्टी सदस्यको अभिमतलाई संस्थागत गर्न चाहन्छौँ । पार्टी सदस्यको शक्तिलाई कदर गर्न चाहन्छु ।’ 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.