संसदमा रेकर्ड भइसकेको अभिव्यक्ति प्रधानमन्त्रीले संसदबाटै फिर्ता लिनु पर्छ : कांग्रेस

संसदमा रेकर्ड भइसकेको अभिव्यक्ति प्रधानमन्त्रीले संसदबाटै फिर्ता लिनु पर्छ : कांग्रेस
सुन्नुहोस्

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका सांसद भिष्मराज आङदेम्बेले संसदमा रेकर्ड भइसकेको सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति आफैले संसदबाट फिर्ता लिनु पर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै सांसद आङदेम्बेले भारतमा ज्वाहरलाल नेहरु र नेपालमा वीपी कोइरालाले संसदका महत्वपूर्ण बैठकमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने थिति बसालेको बताउँदै संसदमा हुने प्रधानमन्त्रीको उपस्थिति विशेष महत्वको हुनुपर्ने बताए । उनले प्रधानमन्त्री बालेन शाह जेठ १७ गतेको उपस्थिति र भूमिका एकलौटी रहेको बताए ।

उनले आफूहरुलाई भनिएपछि प्रधानमन्त्रीलाई प्रश्न सोधिएको बताउँदै सांसद आङदेम्बेले प्रधानमन्त्रीको संसदको उपस्थिति सारगर्वित हुनुपर्ने तर, प्रधानमन्त्रीको त्यस दिनको उपस्थिति त्यस्तो हुन नसकेको बताए । प्रधानमन्त्री अचानक आएको, अचानक बोलेको र नेपालले भारत सीमा मिचेको दावी नै गरेको बताए ।

उनले आफूहरुले प्रधानमन्त्रीको ‘टङ स्लिप’ भएको ठानेको बताउँदै संसदमा रेडर्क भइसकेको अभिव्यक्ति प्रधानमन्त्रीले संसदमा पुन उपस्थिति भएर सफाइ दिनुपर्छ, प्रष्ट पार्नु पर्छ भन्ने आफूहरुको अडान रहेको बताए । संसदमा आएर आफूले दिएको अभिव्यक्ति फिर्ता लिन प्रधानमन्त्रीलाई आग्रह गर्दै उनले भने, ‘यो हाम्रो माग भन्नु या अडान यहि हो ।’
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.