पार्टीभित्र बृहत्तर एकताका लागि नेतृत्वले पहलकदमी लिनुपर्छ : डा. महत

पार्टीभित्र बृहत्तर एकताका लागि नेतृत्वले पहलकदमी लिनुपर्छ : डा. महत
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकताका लागि विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले गम्भीर पहलकदमी लिन जरुरी रहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महतले अहिले पार्टीको जनाधार खस्किएको अवस्थामा विशेष महाधिवेशनबाट निर्वाचित प्राविधिक रूपमा आधिकारिकता प्राप्त नेतृत्वले बृहत्तर एकताका लागि पहलकदमी लिन जरुरी रहेको बताएका हुन् । समयमा नै पार्टीभित्र बृहत्तर एकता नभए लोकप्रिय पार्टीको रूपमा स्थापित फेरि पुनस्र्थापित गर्ने अभियान कमजोर हुने उनले बताए । उनले अहिले बिशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबाट पार्टीको एकताका लागि प्रभावकारी काम हुन नसकेको बताए ।

नेता महतले बृहत्तर एकताका लागि पन्ध्रौँ महाधिवेशनको निष्पक्ष निष्पक्षता, पारदर्शिता, स्वामित्व र सहभागिता सुनिश्चित हुन जरुरी रहेको स्पष्ट पारे । त्यसका लागि यसअघिको नियमित महाधिवेशनको नेतृत्वकर्ता र विशेष अधिवेशनबाट निर्वाचित भएको नेतृत्वकर्ताबीच समझदारी बन्न जरुरी रहेको उनले बताए । महतले आफूहरुले अहिले कुनै ठुलो भागवण्डाको पनि कुरा नरहेको र पन्ध्रौं महाधिवेशन निष्पक्षै हुने सुनिश्चितताको ग्यारेन्टी खोजेको उल्लेख गरे । निर्वाचन प्रक्रियालाई अगाडि बढाउने, क्रियाशील सदस्यता टुङ्ग्याउने र विधान संशोधनका बिषयलाइ समझदारीका साथ टुङ्ग्याउन सके पारदर्शी र निष्पक्ष महाधिवेशनको सुनिश्चितता हुनसक्ने उनको भनाइ छ । 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.