सरकारका १०० दिनका उपलब्धी : संघीय संरचना सुधारबाट वार्षिक २० अर्ब बचत
काठमाडौं : सरकारको नीतिगत सुधार अन्तर्गत संघीय मन्त्रालयको संचरना पुनर्संरचनाबाट वार्षिक मुलुकको २० अर्ब रुपैंयाँ व्ययभार घटेको छ ।
सरकारको १०० दिनको उपलब्धी सार्वजनिक गर्दै शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारको नीतिगत सुधार अन्तर्गत संघीय मन्त्रालयको संख्या २५ बाट घटाएर १८ कायम गरिएको जानकारी दिएका छन् ।
उनले मन्त्रालयको संख्या घटाउँदा मुलुकको मन्त्रालयगत व्यवभार वार्षिक २० अर्ब कम हुने जानकारी गराएका हुन् । उनले सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी वाचापत्रमा समेत मन्त्रालयको संख्या घटाउने प्रतिवद्धता रहेको जनाउँदै मन्त्रालयको संख्या घटाएर १७ कायम गर्दा विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय नयाँ बनाइएको जानकारी । उनले नीतिगत सुधारका कार्यक्रम अन्तर्गत नै ट्रेड युनियनहरु खारेज गरिएको समेत बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !