रुस–युक्रेन युद्धबीच फेरि व्यावसायिक जहाजमा आक्रमण, दुई भारतीय नाविक बेपत्ता
रुस : रुस–युक्रेन युद्धका बीच काला सागर (ब्ल्याक सी) क्षेत्रमा व्यावसायिक जहाजमाथि आक्रमण रोकिएको छैन । युक्रेनको प्रमुख बन्दरगाह सहर ओडेसामा शनिबार मर्चेन्ट जहाज एम एजीएन राग्रारमाथि अर्को आक्रमण भएको छ ।
उक्त जहाजमा चार जना भारतीय नागरिक (नाविक) सवार थिए । कीभस्थित भारतीय दूतावासले आइतबार जारी गरेको विज्ञप्तिमा चारमध्ये दुई जना भारतीय सुरक्षित रहेको, अन्य दुई जना बेपत्ता रहेको र उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ ।
एक सातामै दोस्रो ठूलो आक्रमण
यो घटना अझ चिन्ताजनक मानिएको छ, किनभने जुलाई १९ मा ओडेसा बन्दरगाहबाट प्रस्थान गरिरहेको मालवाहक जहाजमाथि भएको आक्रमणमा चार जना भारतीय नाविकको मृत्यु भएको थियो । त्यस घटनापछि भारतले कडा आपत्ति जनाउँदै वरिष्ठ रुसी कूटनीतिक अधिकारीलाई बोलाएर विरोध जनाएको थियो ।
प्रतिक्रिया दिनुहोस !