यस्तो छ भिषणको ‘एउटा सत्य’ (भिडियो)

यस्तो छ भिषणको ‘एउटा सत्य’ (भिडियो)

काठमाडौँ: गायक भिषण मुकारुङ र गीतकार अन्जन किरातीको संयुक्त एल्बम ‘एउटा सत्य' लोकापर्ण भएको छ ।

बुधबार अनामनगरको युनियन हाउसमा ‘एउटा सत्य' को बिमोचन भयो ।  वरिष्ठ संगीतकार गणेश रसिक र गीतकार प्रा.डा कृष्णहरी बराल, कवि डा. नवराज लम्साल, संगीतकार अभाष, गायक राजेशपायल राई, चलचित्र निर्देशक नविन सुव्बाले संयुक्त रुपमा बिमोचन गरे ।

६ गीत समेटिएको एल्बममा गायक मुकारुङको एकल संगीत छ । एल्बमको एउटा गीतमा भने गायिका मेलिना राईको समेत श्वर समेटिएको छ  ।

कार्यक्रमका वक्ताले नेपाली संगीतमा एल्बमले एउटा इँटा थपेको बताए । पाँचौ  एल्बमका रुपमा एउटा सत्य लिएर आएका मुकारुङले मनै देखि सुनिदिन आग्रह गरे ।

‘हामीले मिहिनेतका ‘एउटा सत्य' लिएर आएका छौँ,' उनले भने, ‘मनै देखि सुन्नुहोस् । तपाईंले खोजेको केही न केही अवश्य पाउँनु हुनेछ ।'

एल्बम बिमोचनमा संगीतकार लक्ष्मण श्रेष्ठ, राजु सिंह, महेश खड्का, तराप्रकाश लिम्बू, गायक मिंङमा शेर्पा, दीपक लिम्बु लगायतको उपस्थिति थियो ।

नेपाली सांगीतिक क्षेत्रमा ०५९ सालदेखि लगातार सक्रिय भिषणले पहिलो एल्बम ‘विश्वासको बन्धन' बाटै चर्चा कमाएका थिए । सोही एल्बममा रहेको ‘अँधेरीमा जुन फुल्दा' बोलको गीतलाई दर्शक श्रोतले मन पराएका थिए ।

भिषणले त्यसपछि ‘सक्सेस', ‘माहोल' र ‘चन्द्रमुखी' एल्बम बजारमा ल्याइसकेका थिए । ‘एउटा सत्य' लोकापर्ण समरोहमा एल्बमको शीर्ष गीत एउटा सत्यको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.