जनयुद्धदेखि महिला आयोगसम्म

 जनयुद्धदेखि महिला आयोगसम्म

काठमाडौं: माओवादी १० बर्से युद्धका घटना, परिघटना, त्याग, शौर्य, बलिदानका सूक्ष्म अनुभूतिलाई महिलानेत्री मनु हुमागाईंले उतारेकी छन्।

बाल्यकालदेखि युद्ध अनुभव हुँदै राष्ट्रिय महिला आयोगको जिम्मेवारी समाल्दासम्मका अनुभूति समेटेर उनले 'जनयुद्धदेखि महिला आयोगसम्म' संस्मरणसंग्रह प्रकाशन गरेकी छन्।

यसअघि शान्ता श्रेष्ठ, सरला रेग्मी अनु, सीता विक सम्झना, शोभा कट्टेल प्रतिभा, हिसिला यमी, ओनसरी घर्ती, सत्य पहाडीलगायत महिलानेत्रीले विभिन्न कोणबाट संस्मरण, लेख, कथा, उपन्याससंग्रहका रूपमा युद्धअनुभूति र उपलब्धिलई पुस्तकमा प्रकाशन गरेका थिए।

कयौं स्रष्टाले कविताबाट युद्धअनुभूति पस्किएका छन्। पुरुष स्रष्टा र सबै विधाको संख्या जोड्ने हो भने युद्ध साहित्यमा एक हजारभन्दा बढी स्रष्टाले कलम चलाएका छन्। पाँच सय हाराहारी त युद्ध पक्षधर स्रष्टाका पुस्तक नै प्रकाशित छन्।

२०१५ सालमा स्याङ्जामा जन्मिएर अध्ययन गर्दागर्दै काठमाडौंलाई अध्ययन र अध्यापनको थलो बनाएदेखि माओवादी नेतृत्वमा १० वर्षसम्म सञ्चालित जनयुद्ध र त्यसपछिको दसबर्से शान्तिप्रक्रिया हुँदै राष्ट्रिय महिला आयोगमा कार्यवाहक अध्यक्ष हुँदासम्मका घटना र अनुभूतिहरूलाई मनुले यस कृतिमा समेटेकी छन्।

 

'ती डायरीहरू' शीर्षक संस्मरणबाट आरम्भ भएको मनुको यस कृतिमा रमाइलो बालापन, वामपन्थी झुकाव, काठमाडौं प्रवेश, विद्यार्थी राजनीति, अनौठो विवाह, जनयुद्ध प्रारम्भ, जेलजीवन, रोल्पाको रौनक, दिल्लीबाटै भूमिगत, साथीबाटै अन्तर्घात, अन्धकारभित्र शान्ता दिदी, भ्यालीका सेल्टरहरू, गोजीको ग्रिनेड, युद्धमा महिला, रातभरि सालघारीको हिँडाइ, उडुस र उपियाँको ताँती, बोर्डर क्रस, पानीपातमा प्रचण्ड, जनयुद्धको राजधानीतिर, विशेष जिल्ला नपुग्दै भिडन्त, थबाङका उद्योगहरू, १० दिनको हिँडाइ, हिउँमा चिप्लिँदै, कानको जाली फुट्ने गरी बम धमाका, बाटो खन्ने अभियान, सहिद पार्क र फूलहरू, फुन्टीबाङ : फुटको खतरा, छोरीजस्तै सहिद बन्दना, सुनिलको सहादत, सुरक्षित अवतरण र महिला आयोगमा रहँदा शीर्षकका धारावाहिक संस्मरणहरू पुस्तकमा समेटिएका छन्।

अधिकांश संस्मरणमा विषयसँग मिल्ने तस्बिर पनि समेटिएको छ। पुस्तकको अन्तिममा युद्धकाल र महिला आयोगमा रहँदाका रंगीन तस्बिरको खण्ड छ।

माओवादी युद्धसँग सम्बन्धित यसअघिका संस्मरण, अनुभूति र लेखहरू विभिन्न समयमा लेखिएका फुटकर संस्मरणका संग्रहका रूपमा थिए भने यो पुस्तक एउटै योजनामा लेखिएको आत्मवृत्तान्त पनि हो।

समग्र माओवादी युद्धका खासखास प्रवृत्ति र विशेषगरी विद्रोहमा महिलाहरूको उत्साजनक सहभागिताका बारेमा पुस्तकमा रोचक वर्णन छ। यसलाई माओवादी युद्धको एउटा साहित्यिक दस्ताबेज पनि भन्न सकिन्छ। पुस्तकमा जयपुरी घर्ती, ओनसरी घर्ती र हिसिला यमीले भूमिका लेखेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.