चलचित्र बढाउन खुल्यो एकेडेमी

 चलचित्र बढाउन खुल्यो एकेडेमी

काठमाडौं (अन्नपूर्ण) : चलचित्रसम्बन्धी अध्ययन अध्यापन गराउन एभरेस्ट फिल्म एकेडेमी सुरु भएको छ। राजधानीमा बिहीबार आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले एकेडेमीको औपचारिक सुरुआत गरेका हुन्।

अभिनेता सुनिल थापाको नेतृत्वमा सुरु भएको एकेडेमीमा चलचित्र निर्देशन, अभिनय, छायांकन एवं सम्पादनसम्बन्धी अध्ययन गराइने सञ्चालकले जनाएको छ। एकेडेमीको सफलताका लागि शुभकामना दिँदै सञ्चारमन्त्री राईले भने, 'राम्रो कामको थालनी भएको छ। यसले निरन्तरता पाओस्।'

सञ्चालकका अनुसार सबै विधामा एक वर्षको कोर्स रहनेछ। एक लाख ५० हजारको हाराहारीमा शुल्क लाग्ने बताइएको यस एकेडेमीले अहिले कुनै पनि विश्वविद्यालयसँग सम्बन्ध प्राप्त भने गरेको छैन। सुरुका दुईदेखि तीन महिना सबै विधाका विद्यार्थीलाई एकैसाथ कक्षा सञ्चालन गरिने र त्यसपछि विधागत रूपमा कक्षा अगाडि बढाइने भएको छ।

एकेडेमीको औपचारिक शुभारम्भमा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले नेपाली चलचित्रको विकास र विस्तारमा यसले सहयोग पुर्याउने विचार व्यक्त गरे। 'नेपाली चलचित्रमा पढेका मान्छेको खाँचो छ। शिक्षित मान्छेको आगमन आवश्यक रहेकाले एभरेस्ट फिल्म एकेडेमीले त्यसका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सकोस्', अध्यक्ष राईले भने।

प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.