यौनसम्पर्क गर्दागर्दै चारजनाको लिङ्ग भाँच्चिएपछि.....

यौनसम्पर्क गर्दागर्दै चारजनाको लिङ्ग भाँच्चिएपछि.....

धरानः धरानमा यौन सम्पर्क गर्ने क्रममा चारजना पुरुषको लिङ्ग भाँचिएको खुलेको छ । लिङ्ग भाँच्चिएका चारैजना पुरुषहरुको धरानस्थित विजयपुर अस्पतालमा सफल शल्यक्रिया गरिएको छ ।

लिङ्ग भाँच्चिएका तीन पुरुषहरुको विजयपुर अस्पतालका सर्जरी विभाग प्रमुख डाक्टर रोशन खतिवडाले शल्यक्रिया गरेका थिए । हप्तादिनको अवधिमा लिङ्ग भाँच्चिएका पुरुषहरु फरक फरक समयमा असप्ताल भर्ना भएपछि शल्यक्रिया गरिएको डाक्टर खतिवडाले बताएका छन् ।

लिङ्ग भाँच्चिएका चारैजना विरामी उपचारपछि घर फर्किएको अस्पतालका प्रशासकीय अधिकृत इन्दु नेपाल योञ्जनले बताएका छन् । यौनसम्पर्क गर्दा लिङ्ग भाँच्चिने पुरुषमध्ये तीनजना विवाहित र एकजना अविवाहित रहेको पनि डाक्टर खतिवडाले बताए ।

 

लिङ्ग भाँच्चिएर शल्यक्रिया गरिएका पुरुषहरुमा २२ वर्षदेखि ५७ वर्ष उमेर समूहका रहेको बताइएको छ । गोपनीयताका कारण शल्यक्रिया गरिएका विरामीहरुको नाम नखुलाइएको विजयपुर अस्पतालका निर्देशक प्रभाव खतिवडाले बताए ।

लिङ्गको भित्री भागमा रहने मांशपेसी भाँच्चिएर रगत जमेका कारण चारैजनाको शल्यक्रिया गर्नुपरेको चिकित्सकहरुको भनाइ छ ।


यौनसम्पर्क गर्दा लिङ्ग भाँच्चिने समस्या अत्यन्तै कम हुने भएपनि हप्तामा चारजनामा देखिएको यो समस्या धरानमा भने पहिलो भएको अस्पतालका प्रशासकीय अधिकृत योन्जनको दाबी छ ।

डाक्टर खतिवडाले यस अघि काठमाडौंको शिक्षण्ण अस्पतालमा लिङ्ग भाँच्चिएका सातजना विरामीहरुको शल्यक्रिया गरिएको जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.