फ्रान्ससँग बराबरी खेल्दै स्विटजरल्याण्ड अन्तिम १६ मा
पेरिसः आयोजक देश फ्रान्ससँग बराबरी खेल्दै स्विट्जरल्याण्ड युरोकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुग्न सफल भएको छ ।
गएराति भएको समुह ए को तेस्रो तथा अन्तिम खेलमा घरेलु टीम फ्रान्सलाई गोलरहित बराबरीमा रोक्दै स्विटजरल्यान्ड अघि बढेको हो ।
गएराति नै भएको यो समूहको अर्को भिडन्तमा रोमानियालाई १-० ले पराजित गरेको अल्बानियाले पनि अन्तिम १६ को यात्रालाई कायमै राखेको छ ।
अल्बानियाको जितमा ४३ औं मिनेटमा अर्मान्डो सादिकुको गोल पर्याप्त भयो ।
समूह चरणका यी अन्तिम खेलपछि समुह ए बाट आयोजक फ्रान्स ७ अंकसहित समूह विजेता हुँदा ५ अंक जोडेको स्विट्जरल्याण्ड दोस्रो स्थानमा रहँदै अघि बढ्यो ।
फ्रान्स र स्विट्जरल्यान्ड अघि बढ्दा तीन अंक रहेको अल्बानिया तेस्रो स्थानमा रहँदा अन्तिम १६ मा पुग्ने आशमा छ ।
पहिलो पटक २४ देश सहभागी युरोकप फुटबलमा ६ समुहका विजेता र उपविजेता सिधै अन्तिम १६ मा पुग्दा तेस्रो स्थानका ६ देशमध्ये अंक र गोलअन्तरका अधारमा उत्कृष्ट चार देश पनि अन्तिम १६ मा पुगनेछन् ।