बाँध फुटाएर बस्तीमा पस्यो बक्राहा, सयौं घर डुबे

बाँध फुटाएर बस्तीमा पस्यो बक्राहा, सयौं घर डुबे

विराटनगरः पहाडी क्षेत्रमा अबिर वर्षासँगै मोरङका विभिन्न स्थान हुँदै बग्ने नुनसरी बक्राहा खोलामा आएको बाढी मोरङको मधुमल्लाका तीन स्थानबाट मंगलबार विहान बाँध फोडेर गाउँ पस्दा दुई सय बढी घर डुबानमा परेका छन् ।

विहान ३ बजेको समयमा मधुमल्ला–४ को खोँबेझोडाबाट दक्षिणतर्फको धप्पर टोल, मधुमल्ला–५ माथिल्लो कसेनीबाट पूर्व र मधुमल्ला ५ बेतेनीबाट पश्चिम गरी तीन ठाउँबाट बाँधफोडेर खोला गाउँ पसेको स्थानीय बिष्णु भण्डारीले जनकारी दिए ।

कमजोर तटबन्ध फुटाएर बाढी गाउँ पसेपछि स्थानीयबासीबीच भागदौड मच्चिएको थियो । बाढीका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

प्रहरीले बाढी प्रभावित क्षेत्रका पीडितलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायव निरीक्षक यदुकुमार खड्काले बताए ।

भूमीका कार्की, श्रीबहादुर कार्की, मुना खड्का, समशेर बहादुर लिम्बू, उमेश थापा, सविता थापासहित एक सय घर परिवारलाई उद्धार गरेर सुरक्षित स्थानतर्फ लगिएको जानकारी उनले दिए ।

वर्षासँगै खोलामा पानीको बहाव बढेपछि बाढीले बाँध फुटाएको प्रहरीले जनाएको छ । खोलामा पानीको बहाव कम नहुँदा घर डुवानमा परेका धेरै पीडितहरुलाई उद्धार गरेर सुरक्षित स्थानतर्फ लैजान नसकिएको प्रनानि खड्काले बताए ।

मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले पीडितहरुको उद्धार गर्न र सम्भाविता जोखिम न्यूनीकरणमा सहयोग गर्न ठूलो संख्यामा घटनास्थलमा प्रहरी परिचालन गरिएको बताए ।

उनका अनुसार प्रहरीले माइकिङ गरेर पीडितहरुलाई घरबाट महत्वपूर्ण सामग्री निकालेर सबैलाई सुरक्षित स्थानतर्फ जान र सुरक्षित हुन आग्रह गरिरहेको छ ।

प्रहरीका अनुसार उर्लाबारी र मधुमल्लाको टोली खोलो पार गरेर जान सक्ने अवस्था नभएपछि पश्चिमबाट खोला पसेको धप्पर टोल र बेतेनीमा टाँढीबाट उद्धारका लागि प्रहरी र सेनाको टोली परिचालन गरिएको छ ।

धप्पर टोलका १० घर परिवारलाई स्थानीयको सहयोगमा सुरक्षित स्थानमा सारिएको स्थानीय शिक्षक कमल मिश्रले जानकारी दिए । सो क्षेत्रमा मानवीय क्षति नभए पनि धेरै खेतीयोग्य जमिन बगरमा परिणत भएएको मिश्रले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.