बालसारथीलाई यती डेभलपमेन्ट बैंकको सहयोग

काठमाडौं: यती डेभलपमेन्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बालसारथी केन्द्रलाई सहयोग गरेको छ।
बैंकले प्राकृतिक प्रकोपका साथै पारिवारिक गरिबीको समस्यालगायत अन्य विविध कारणवश संरक्षकविहीन हुनपुगी सडकमा जीवन यापन गर्न बाध्य भएका बालबालिकालाई शिक्षादिक्षा दिँदै आएको सामाजिक संस्था बालसारथी केन्द्र जयवागेश्वरी काठमाडौंलाई एक लाख २५ हजार सहयोग प्रदान गरेको हो।
रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले संस्थाकी अध्यक्ष बाला खरेललाई हस्तान्तरण गरेको बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
