पनौतीमा रथको सम्भोग

पनौतीमा रथको सम्भोग

श्रीराम केसी
बनेपाः तीन दिनसम्म चल्ले पनौती जात्रामा रथ-रथबीच सम्भोग गरायर स्थानीहरुले जात्रा मनाएका छन् ।

तीन दिनसम्म चल्ले पनौती जात्रामा रथ-रथबीच सम्भोग गराएर स्थानीयले जात्रा मनाएका छन् ।  जेष्ठपूर्णिमाको दुईदिन अघिदेखि स्थानीयले नायखिं बाजा बजाउने र मठ मन्दिरको पूजा प्राथना गरी जेष्ठ पूर्णिमाको दिन रथालाई सम्भोग गराएर जात्रा मनाएका हुन् ।

पनौतीस्थित लायकु दरबार, डबलीमा इन्द्रेश्वर महादेव, भद्रकाली र उन्मत्त भैरवका रथहरू एक–आपसमा सम्भोग अर्थात जुधाएर जात्रा मनाउने गरेका छन्।

इन्द्रेश्वर चोक (हाता) नजिकै रहेका तीनवटा रथहरू (महादेव, भैरव, भद्रकाली) बाजागाजासहित रोसीखोलाको किनार परिक्रमा गराइ रथ जुधाउने प्रचलन  छ ।

चतुर्दशीका दिन बिहानैदेखि ब्रह्मायणीको मन्दिरमा भीँड लाग्नुका साथै पुर्णेको दिन काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका विभिन्न स्थानबाट मेला हेर्न हजारौँ दर्शनार्थी आएको स्थानीय प्रशान्त श्रेष्ठले जानकारी दिए ।

महादेव, भैरव, भद्रकालीको रथ जुधाउँदा पानी पर्ने किबदन्ती रहेको छ । जात्रा हेर्न आएका मानिसहरूले छाता ओढ्न नहुने र रथमा रहेका देवीदेवताहरूको प्रसाद पनि बाँड्ने नहुन अनौठो प्रचलन रहेको स्थानीय सूर्य लाकाजुले जानकारी दिए ।

महादेवको रथ भद्रकालींसग जुधाइसकेपछि रथ बोक्ने मानिसहरूले रथलाई माथिसम्म उचालेर भुइँमा बजार्ने प्रचलन रहेको छ । स्थानीयबासिन्दाको भनाइअनुसार यसरी महादेवको रथ बजार्दा रथमा सवार पूजारी रथबाट भुइँमा झरे भने बोक्नेहरूलाई इन्द्रेश्वर मन्दिरको ढुकुटीमा रहेको धन बाँडिदिनुपर्ने प्रचलन रहेको लाकाजुले जानकारी दिए ।

उनका अनुसार पनौती जात्रा प्रत्यक्ष यौनक्रियासँग सम्बन्धित भएकाले यो जात्रा महिला तथा बालबालिकाहरूलाई नदेखाउन राति नै सम्पन्न गर्ने गरिएको बताए ।

महादेवले उन्मत्तभैरवको रूप धारण गरी बाहिर निस्केका बेला उनको डरलाग्दो उन्मत्त रूप देखेर डराएकी ६४ योगिनीरूपी पार्वती भद्रकालीको रूप बदलेर रोसीखोलाको किनारैकिनार भाग्दाभाग्दै लायकु डबली पुगेपछि उन्मत्तभैरवले भद्रकालीलाई पछाडिबाट तीनपल्ट सम्भोग गरेपछि भद्रकाली शान्त अवस्थामा आएको किम्वदन्ती रहेको छ ।

आफू यौनक्रियाबाट तृप्त भएपछि भद्रकालीले भैरवलाई आफ्नो वास्तविकस्वरूपमा आई सम्भोग गर्ने इच्छा जाहेर गरिन् । त्यसपछि भैरव महादेवको वास्तविक स्वरूपमा आई पुनः तीनपटक अगाडिबाट सम्भोग गरेकाले रथलाई अगाडी र पछाडीबाट जुधाएर सम्भोग गर्ने गरेको स्थानीहरुको भनाई छ ।

स्थानीय प्रशान्त श्रेष्ठले दिउँसो रथ जुधाउने जात्रा सकिएपछि बेलुका ब्रह्मायणीको जात्रा गरिने बताए । ब्रह्मायणीको देवघरबाट बाजागाजासहित नगरवासीहरू हातमा चिराक बालेर पुलिसपाटीमा राखिएकी ब्रह्मायणीलाई लशकुश गरी ब्रह्मायणीलाई रथमा राखेर जात्रा गराइ बजारमा परिक्रमा गराई ब्रमायणीदेवीको देवघरमा पुर्याइन्छ ।

सोही दिनको बेलुका अघिल्लो दिन इन्द्रेश्वरप्राङ्गणमा बलि दिइएको राँगाको मासुको परिकार बनाई 'वलं भ्वय' खाइ र जात्रा सकिने गरेको छ । जात्रामा काभ्रे लगायत छिमेकी जिल्ला भक्तपुर, ललितपुर र काठमाडौँ लगायत जिल्लका २० हजार भन्दा बढी दर्शनाथी जात्रा हेर्न आएका थिए ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.