तमलोपाको केन्द्रीय समिति पूर्ण भएन

तमलोपाको केन्द्रीय समिति पूर्ण भएन

हरि शर्मा
परासीः पदाधिकारी र सदस्य चयनमा विवाद भएपछि तमलोपाको प्रथम महाधिवेशन केन्द्रीय समितिको टुंगो नलगाई बिहीबार सकिएको छ । विवादित पदको टुंगो लगाउन नवनिर्वाचित अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी र उपाध्यक्षमा बृजेशलाल दासलाई जिम्मेवारी दिइएको छ ।

त्रिपाठी र दास अध्यक्षसँगै निर्विरोध भएका हुन् । त्यस्तै निर्विरोध हुनेमा कोषाध्यक्ष अनिता यादव (धनुषा) छिन् । केन्द्रीय समिति चयन हुन नसके पनि विधान संशोधन मस्यौदा, राजनीतिक प्रतिवदेन र नीति तथा कार्यक्रम भने बन्द सत्रले पास गरेको छ ।

केन्द्रीय समिति गठनको जिम्मेवारी पाएका समितिका सदस्य एवं वरिष्ठ उपाध्यक्ष त्रिपाठीले सबै साथीहरू प्रतिस्पर्धी देखिएको र उहाँहरूकै सर्वसम्मत म्यान्डेटले अध्यक्षले समिति चयन गर्ने बताए ।

 ‘विवाद होइन, साथीहरू प्रतिस्पर्धामा आउन खोजेका हुन्,' उनले भने । ‘अध्यक्षज्यूले सबैसँग सल्लाह गरी कसैलाई काखा र पाखा नगरी समिति चयन गर्छु भन्नु भएको छ', त्रिपाठीले भने,‘ त्यसका लागि धेरै दिन कुर्नु पर्दैन ।'

निर्विरोध चयनका लागि नेताहरू बुधबार रातिसम्म कसरतमा लागे पनि उम्मेदवारहरूले आफ्ना अडान नछोडेपछि बिहीबारको बन्द सत्रले ८, १० दिनभित्र विवाद सुल्झाएर केन्द्रीय समिति गठन गर्न म्यान्डेट दिएको नवनर्वाचित कोषाध्यक्ष यादवले बताइन् । सहमति नभएर प्रतिनिधिहरू धमाधम घर जान थालेपछि अध्यक्षलाई सबै जिम्मेवारी दिइएको उनले बताइन् ।

महोत्तरीका प्रतिनिधि दीपेन्द्रकुमार मि श्रले गुट उपगुट जुन पार्टीमा पनि हुने भन्दै कार्यकर्ताको चाहनाअनुसार अध्यक्षलाई जिम्मेवारी दिएको दाबी गरे । नयाँ समितिमा विवाद भएपछि निर्वाचन समितिले पनि सूचना टाँसी नेताहरूलाई जिम्मेवारी दिएको थियो ।

निर्वाचनमा दुई महामन्त्रीका लागि चार र दुई सहमहामन्त्रीका लागि १० जनाको उम्मेदवारी परेको छ । चारजना महामन्त्रीमा जितन्द्र सोनल ( बारा), बृजेश गुप्ता (कपिल्वस्तु), जंगिलाला राय (सर्लाही) र उमाकान्त झा (धनुषा) छन् ।

त्यस्तै आरक्षिततर्फ चार, मुस्लिममा १३, पाँचजना महिलामा २२, तीन दलितमा १२ को उम्मेदवारी परेको छ भने ३१ जना खुलातर्फको केन्द्रीय सदस्यका लागि ४७ जनाको उम्मेदवारी परेको छ । पाँचजना आदिवासी र एकजना अपांग भने निर्विरोध भइसकेका छन् ।

तमलोपाको विधानअनुसार दुईजना उपाध्यक्षमा एकजना मनोनित हुने प्रावधान छ । त्यस्तै तीन महामन्त्रीका लागि एकजना मनोनित र सोही संख्यामा सहमहामन्त्रीको निर्वाचन र मनोनित हुने प्रावधान छ । तमलोपाको अहिलेको महाधिवेशनले ५७ जना केन्द्रीय समितिलाई बढाएर ७१ सदस्यीय बनाएको छ। महाधिवेशनमा जुम्ला, काठमाडौं, ललितपुर, भक्तपुर र तराईका २२ गरी २६ जिल्लाका एक हजार ७६ जिल्ला प्रतिनिधि सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.