स्मार्टफोन चलाएको झोंकमा पत्नीको हत्यापछि आत्महत्या

स्मार्टफोन चलाएको झोंकमा पत्नीको हत्यापछि आत्महत्या

नयाँ दिल्ली: तपाईंमा पनि स्मार्टफोन धेरै चलाउने लत छ भने होस गर्नुस् परिवारका अन्य सदस्त तपाईंको यो बानीका कारण दिक्क हुन सक्छन् ।

भारतको राजधानी नयाँदिल्लीको गोपाल नगरमा एक व्यक्तिले स्मार्ट फोन धेरै चलाएपछि रिसको झोंकमा आफ्नी पत्नीलाई गोली हानी हत्या गरेका छन् ।

पत्नीको ज्यानमा गोली दागेपछि ती ब्यक्ति आफूले पनि आत्महत्या गरेको दिल्ली पुलिसले जनाएको छ ।

यो घटना दक्षिण पश्चिम दिल्लीको गोपाल नगर इलाकामा शनिबार भएको हो । समाचार अनुसार जगबीर नामका ती व्यक्तिको करोल बागक्षेत्रमा ज्वेलरीको पसल थियो ।

 

पति पत्नीबीच फोन बढी प्रयोग गरेको विषयलाई लिएर झगडा भइरहन्थ्यो । जगबीर आफ्नी पत्नीले स्मार्टफोन नचलाएको देख्न चहान्थे तर पत्नी मान्ने पक्षमा थिइनन् ।

आफूले पटक पटक भनेको नमानेपछि रिसले उग्र भउका जगबीरले शनिवार लाइेसेन्सवाला पिस्तोलले गोली हानेर पत्नीको ज्यान लिएका हुन् ।

पत्नीलाई गोली हानेर हत्या गरेपछि उनले आफूलाई पनि गोली हानेर आत्महत्या गरेका छन् । घटनापछि छिमेकीहरुले दुबैजनालाई तत्कालै अस्पताल पुर्याएका थिए । तर, त्यहाँ चिकित्सकहरुले दुबैजनालाई मृत घोषित गरिदिए ।

यस सन्दर्भमा पुलिसले बाबा हरिदास नगर ठानामा उजुरी दर्ता गराएको छ । दुबैजनाको पोस्टमार्टम राव तुला राम अस्पतालमा गराइ शवलाई परिवारको जिम्मा लगाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.