खेमको ‘सम्झिएर तिमीलाई’
![खेमको ‘सम्झिएर तिमीलाई’](https://annapurnapost.prixacdn.net/media/albums/576e511e145ae9.59987805_clyyIbZBkZ.jpg)
काठमाडौंः गायक खेम रिसालले नयाँ भिडियो सार्वजनिक गरेका छन् । आफ्नो एकल एल्बम ‘थालनी’मा समावेश गरिएको ‘सम्झिएर तिमीलाई’ बोलको गीतको भिडियो दर्शकमाझ ल्याएका हुन् ।
मोहन मगरको संगीत र रोशन बान्तवाको संगीत संयोजन रहेको यस भिडियोको निर्देशन सुरेश कार्कीले गरेका छन् । कार्की उक्त गीतका रचनाकार पनि हुन् ।
ज्ञानेन्द्र शर्माले खिचेको भिडियोमा रोशन निरौला र जोया श्रेष्ठले मोडलिङ गरेका छन् । एल्बमका अन्य गीतको पनि क्रमशः भिडियो निर्माण गरी दर्शकमाझ ल्याउने गायक खेमले बताए । अहिले नयाँ एकल एल्बमको तयारीमा रहेका उनी सञ्चारकर्ममा क्रियाशील छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)